भायानेटको अफर ‘बाइ वान गिफ्ट वान फ्री’ योजना
काठमाडौं ।
भायानेट कम्युनिकेसन लिमिटेडले नयाँ अफर सार्वजनिक गरेको छ । भायानेटको अफर योजना ‘बाइ वान गिफ्ट वान फ्री’ योजना अनुसार नयाँ अफर सार्वजनिक गरेको हो । नेपालमा फाइबर इन्टरनेट, आइपिटिभी र एक्जिएस फाइबर टेक्नोलोजीको अग्रणी संस्थाको रुपमा काम गरिरहेकोले ग्राहकको सहुलियतलाई ध्यान दिँदै नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि यस प्रकारको पहिलो ‘बाइ वान गिफ्ट वान फ्री’ (एक किन्दा एक उपहार) इन्टरनेट योजना सार्बजनिक गरेको हो ।
यस अफरमा भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना प्रियजनलाई १२५ एमबीपीएस ३ महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्नेछन् र बदलामा आफ्नो लागि थप १ महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्ने बताइएको छ ।
यो योजनामा योग्य हुनको लागि भायानेट ग्राहकले ३, ६ वा १२ महिनाको सदस्यता अवधिको साथ १२५एमबीपीएस वा सो भन्दा माथिका उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा जडान गर्नुपर्नेछ । एक पटक योग्य भएपछि, ग्राहकले एसएमएस मार्फत उपहार भौचर कोड प्राप्त गर्नेछन् जुन कोर्ड आफले चाहेको मान्छेलाई दिन सकिनेछ ।
यस्तो गिफ्ट भौचर प्राप्त गर्ने व्यक्तिले भायानेटलाई सम्पर्क गरी १२५ एमबीपीएस ३ महिनाको रु २७००+ भ्याट बराबरको इन्टरनेट प्याकेज उपहार दाबी गर्न बताइएको छ । उपहार भौचर नयाँ जडानको लागि मात्र उपलब्ध छ र यसमा जडान शुल्क भने लागू बताइएको छ । उपहार भौचर दाबी गरिसकेपछि, आफूले चाहेको व्यक्तिलाई उपहार भौचर दिने मूल ग्राहकले नयाँ ग्राहकलाई भायानेट जडान गर्न सहयोग गरे बापत १ महिनाको इन्टरनेट निःशुल्क पाउनेछन् ।
यो अफरलाई थप आकर्षक बनाउन भायानेटले १२५ एमबीपीएस ३ महिनाको प्याकेजमा नयाँ आकर्षक छुट सहितको मूल्य सार्वजनिक गरेको छ । जसको मुल्य रु.२७००+भ्याट पर्नेछ ।
एक विज्ञप्ति नै प्रकाशित गरी यस्तो योजनाको सार्वजनिक गर्ने क्रममा विज्ञप्तिमा भनिएको छ ः “हामी हाम्रा ग्राहकहरूका लागि यो आकर्षक योजना ल्याउन पाउँदा खुसी छौं । हामी विश्वास गर्छौं कि कनेक्टिभिटीको उपहार, विशेष गरी आजको द्रुत रूपमा डिजिटलाइजिङ संसारमा अर्थपूर्ण मात्र होइन मूल्यवान पनि छ । हाम्रो संस्थाको ग्राहक वृद्धि गराउनमा स्वयम ग्राहकहरू सबैभन्दा ठूलो शक्ती र ग्राहक रेफरल मुख्य स्रोत रहँदै आएको छ । हाम्रा सेवाहरू रेफर गर्ने ग्राहकहरूको उच्च संख्या हुनु ग्राहकको सेवा प्रति हाम्रो निरन्तर प्रतिवद्धताको प्रमाण हो विज्ञप्तिमा भनिएको छ । हाम्रा सेवाहरूलाई अझ धेरै ग्राहकले रेफर गर्दै यस परियोजना बाट धेरै भन्दा धेरै ग्राहकले फाईदा लिन सकुन भनेर नै यस इन्टरनेटमा उपहार दिने अवधारणा ल्याएका हौ भायानेटका सेल्स एण्ड मार्केटिङ उपाध्यक्ष शहिन श्रेष्ठले बताए ।
भायानेट परिवारमा सामेल हुने र आफ्ना प्रियजनलाई उच्च गतिको इन्टरनेट उपहार दिने यो आकर्षक योजनाको लाभ लिन नछुटाउनु होला । भायानेट र बाई वान गिफ्ट वान फ्री योजना बारे थप जानकारीको लागि www.vianet.com.np मा हेर्न सकिने छ । वा ०१–५९७०६४४ मा सम्पर्क गर्न सकिने भायोनेटले जनाएको छ ।