Loading... आजः ११ पुष २०८२, शुक्रबार । Friday 26th December 2025
ताजा खबर
  

भायानेटले ल्यायो (साम्बाप्याक) द्रुतगतिको इन्टरनेट सेवा, अब फुटबलस्टार साम्बाको जोशका साथ

काठमाडौँ ।
नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले (साम्बाप्याक) सार्वजनिक गरेको छ । चर्चित नेपाल महिला राष्ट्रिय फुटबल टोली खेलाडी साम्बाबाट प्रेरित यो इन्टरनेट योजना उच्चगतिको, भरपर्दो र किफायती सेवाका लागि डिजाइन गरिएको बताइएको छ ।


साम्बाप्याक अन्तर्गत ५० एमबिपिएस १०० एमबिपिएस २०० एमबिपिएस र ३०० एमबिपिएस इन्टरनेट योजना उपलब्ध छन् । विशेष रूपमा १०० एमबिपिएस वा सो भन्दा माथिको वार्षिक योजनामा ग्राहकहरूले एक महिना इन्टरनेट निःशुल्क प्राप्त गर्ने छन् । १०० एमबिपिएस को मूल्य रु. ८,५०० (करसहित) बाट सुरु हुनेछ ।
भायानेट साम्बासँगको सहकार्यमा गर्व महसुस गर्छ । जसको प्रेरणादायी करियरले उनलाई महिला फुटबलमा चर्चित नाम बनाएको छ । उनको समर्पण, दृढता र उत्कृष्टता (साम्बाप्याक) का मुख्य मूल्यहरू गति, शक्ति, र भरपर्दोपनको प्रतिविम्ब हो । यो सहकार्य कम्पनीको महिला खेलकुदप्रति प्रतिबद्धता र उच्चगुणस्तरीय इन्टरनेट सेवाको प्रतिबद्धतालाई झल्काउने एउटा महत्त्व पूर्ण उपलब्धि हो । यो सेवा (९मार्च २०२५) मा सार्वजनिक गरिँदैछ।
थप जानकारीका लागि https://www.vianet.com.np/ भ्रमण गर्न सकिनेछ । वा भायानेटका सामाजिक सञ्जालहरूमा अनुसरण गर्न सकिनेछ ।
भायानेट कम्युनिकेशन लिमिटेडको बारेमाः
भायानेट कम्युनिकेशन लिमिटेड नेपालका अग्रणी फाइबर इन्टरनेट सेवा प्रदायकहरू मध्ये एक हो । कम्पनीले उच्च-गति, भरपर्दो, र गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएकोछ । डिजिटल युगमा व्यक्तिहरू र व्यवसायहरूलाई सक्षम बनाउन कम्पनीले नवीनतम प्रविधिहरूको प्रयोग गर्दै सेवा सुधार्न निरन्तर प्रयास गरिरहेको छ।