सुदूरपश्चिमकाे माैलिक पर्व गाैरा-एक छुट्टै पहिचान र महत्त्व
नेपाल भाैगाेलिक,साँस्कृतिक तथा भाषाका हिसाबले आफैमा परिपुर्ण राष्ट्र हाे जहाँ भाैगाेलिक तथा भाषिकका हिसाबले पनि वेग्ला बेग्लै रिती रिवाज तथा स्थानीय चाडपर्व हरु पनि मनाउँदै आएकाे पाइन्छ ! जुन सुदूरपश्चिमका सात पहाडी जिल्ला सहित दुई तराईका जिल्लाहरुलाई समेत समेटेर मनाईने चाडपर्व हाे गाैरा पर्व, गाैरापर्व भाद्र महिनाकाे झिमझिम पानीका थाेपाहरु एवम् हरियाली सँगसँगै वैदिक सनातन संस्कार मान्ने एवम् पति ब्रत्ता (विवाहित नारीहरुले) साैभाग्य प्राप्तिका लागि मनाउने चाडपर्व हाे गाैरा पर्व !

नेपाली भाषा अनि संस्कारको जराे खाेतल्दै जाने हाे भने सुदूरपश्चिम अनि यहाँकाे माैलिक पृष्ठभूमिकाे ठूलो महत्त्व रहेकाे पाईन्छ ! खस राज्यको उद्गम भुमि अनि भाषा संस्कृति सभ्यताकाे जरा गाडेकाे सुदूरपश्चिममा गाैरापर्व भाद्र शुक्ल पञ्चमी देखि अष्टमि तिथि सम्म विभिन्न धार्मिक कार्यहरुकाे आयाेजन गरि मनाईने गरिन्छ ! विशेषगरी डडेल्धुरा,डाेटी,बैतडी तथा सुदूरपश्चिमका अन्य जिल्ला हरुमा पनि परापुर्व कालदेखि नै गाैरापर्व मनाइदै आएकाे पर्व हाे!प्राचीनकालमा राजा हैह्यवंशी मध्येका सहस्रार्जुनले भृगुवंशी ब्राह्मणबाट आफ्नो सम्पत्ति फिर्ता माग्ने क्रममा ब्राह्मणकाे हत्या गरिदिए पछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहार रहेर गरेकाे उपासनाकाे फलस्वरूप एकब्राह्मीले तेजवान पुत्र लाभ गरिन् तिनै पुत्रकाे तेजले आँखा देख्न नसक्ने हुनु पुगेका सहस्रार्जुन नाम गरेका ती राजाले क्षमामाग्नु परेकाले गाैरी अर्थात पार्वतीलाई सर्वशक्तिमान समझेर उनकै सम्झनामा गाैरापर्व मनाउनु थालिएको हाे भन्ने किम्वदन्ति रहि आएकाे पाईन्छ !!
गाैरापर्वकाे पहिलाे दिन अर्थात भाद्रशुक्ल पञ्चमीकाे दिन गाैरापर्व मनाउने समुदायका महिलाहरुले निराहार वसी आ-आफ्नो घरमा तामा वा पित्तलका भाडा वर्तनमा (बिरुडा) क्वाँटी अर्थात पाँचथरिका गेडागुडी भिजाउने र त्यसलाई भाेलिपल्ट षष्ठी तिथिमा शुभ मुहुर्त्त हेरेर पानिका मुहान,पानीपधेराे,कुवा तथा तालहरुमा सामुहिक रुपमा स्थानीय संगीत जसलाई फाग भनिन्छ फाग गाउदै गएर धुने र धाेई सकेपछि कास वा कुसकाे गाैराकाे प्रतिमा बनाई गाैराघरमा भित्र्याउने र भित्र्याइसके पछि श्रद्धालु महिलाहरुले शिव र गाैरी(गाैरा) काे पुजा अर्चना गर्ने प्रचलन रहेको छ ! गाैरा भित्र्याईसके पछि विसर्जन नगरिएसम्म गाैराघरमा पुरुष तथा महिलाहरुले छुट्टाछुट्टै रुपमा स्थानीय लाेक भाषामा डेउडा,चैत धमारी आदि खेलहरु खेलेर आनन्द लिने गर्दछन !
छुट्टै किसिमको विशेष माैलिकता बाेकेकाे नेपाली चाड गाैरापर्वमा यस्ता अनेक आफ्नै भाषा शैली र गीतका माध्यम बाट एक अर्काका सुख दुःख बाँडनुका साथै एक ठुलो पर्वकाे रुपमा मनाउने गरिएकाे पाईन्छ ! मानिसमा धार्मिक आस्था आपसी सद्भाव बढाउनमा गाैरापर्वले निकै महत्त्वपूर्ण भुमिका निभाएकाे मात्र नभई यसपर्वमा ब्रत वसि शिव र गाैरीकाे पुजा अर्चना गर्नाले सुखःशान्ति प्राप्त हुने र इष्टकुल देवता प्रसन्न हुने जनविश्वास रहिआएको पाइन्छ !

गाैरापर्वकै दिन दुर्वाष्टमी पर्वपनी मनाउने गरिन्छ यसदिन ब्रतालु महिलाहरुले पाँचवटा रङ्गाबाट वनाईएकाे धागाे लाई वैदिक मन्त्रद्वारा पुजन गरेर घाटिमा धारण गर्ने प्रचलन रेहेकाे छ जसलाई दुव्वधागाे भनेर भनिन्छ उक्त अभिमन्त्रित धागाे धारण गरिसके पछि ब्रतालु महिलाले सधैं व पवित्र भएर बस्नु पर्ने र शुद्ध साकाहारी भाेजन गर्नुपर्ने परम्परा रहिआएको पाईन्छ !
गाैरापर्व एवम दुर्वाष्टमीकाे उपलक्ष्यमा राष्ट्रप्रमुखले समेत गाैरापर्वकाे अवसरमा देशवासी लाई शुभकामना दिने चलन छ !
गाैरापर्वलाई सुदूरपश्चिमसङ्गमात्र नजाेडीकन समग्र राष्ट्र अनि नेपालीहरुकाे पहिचानकाे पर्वकाे रुपमा लिइनु अत्यन्त आवश्यक छ! क्षेत्रगत हिसाबले काेहि पुर्व त काेहि पश्चिम भएपनि आखिर मन नेपालीहरुकाे एउटै त हाे ! यसअर्थमा संगीतकारले पनि भनेका छन ” पश्चिम काेहि पुर्व घर हिमाल त एउटै हाे छरिएर वसे के भाे नेपाल त एउटै हाे” सम्पूर्ण नेपालीहरुमा गाैरापर्वकाे भरिपुर्ण शुभकामना विगतका बर्षहरुमा काेराेना जस्तो महामारीले हर्ष उल्लास सङ्ग मनाउन नपाएपनि यसबर्ष खुव मज्जाले डेउडा खेल खेल्दै गाैरापर्व मनाउ !!
(सव्वैलाई गाेरा पर्व कि शुभकामना )
अमरगढी न. पा ०९ डडेल्धुरा नेपाल




