Loading... आजः २५ बैशाख २०८३, शुक्रबार । Friday 8th May 2026
ताजा खबर
  

थप ३ सय २३ जनामा कोरोना

सुर्खेत ।
नेपालमा थप ३ सय २३ जनामा कोरोना देखिएको छ । उनीहरु मध्ये २ सय ९२ जना पुरुष र ३१ जना महिला रहका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल ४ हजार ८५ जनामा संक्रमण देखिएको हो । हालसम्म कोरोना भाइरसका कारण नेपालमा १५ जनाको मृत्यु भइसकेको छ भने ५ सय ८४ जना निको भएर डिस्चार्ज भएका छन् ।

अहिलेसम्म निको हुनेको संख्या ५ सय ८४ पुगेको छ भने मन्त्रालयले दिएको जानकारी अनुसार १५ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो समयमा कर्णालीमा तिब्र गतिमा कोरोना संक्रमित बढिरहेका छन् । एकातिर कोरोना संक्रमित बढ्नु र अर्कोतिर लकडाउन खुकुलो हुनुले अझै त्रास बढिरहेको छ ।