मन्त्रीद्वारा धान दिवसको शुभकामना
सुर्खेत ।
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले धान दिवसको शुभकामना दिनु भएको छ । धान दिवस अर्थात् असार १५ मा उहाँले एक विज्ञप्ति प्रकाशित गरि शुभकामना दिनु भएको हो ।
मन्त्री केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘किसानका लागि यो समय भनेको मानो रोपेर मुरी फलाउने समय भउकोले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणबाट सुरक्षित रही सामाजिक दुरी कायम गर्दै धान दिवस तथा रोपाइँ महोत्सवमा सहभागी हुन, नेपाल सरकारको निर्णय बमोजिम बढिमा २५ जनासम्म मात्र भेला भएर १७ औं धान दिवस तथा रोपाइँ महोत्सव मनाउने, यदि २५ जना भन्दा बढि भएमा न्यूनतम सामाजिक दुरी (६ फिट) कायम हुने गरि स–साना उपसमूहमा रहेर रोपाइँ महोत्सव मनाउन अपिल गर्दछु ।’
विज्ञप्ति







