सुर्खेतकी नन्दा बस्याल राखेप सदस्यमा नियुक्त
सुर्खेत |
सरकारले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का र कर्णालीबाट नन्दन बस्याल सहित ९ जनालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्डमा नियुक्त छ ।
राष्ट्रिय स्तरकै चर्चित कलाकार समेत रहेकी बस्याल सुर्खेतकी हुन् । उनी लामो समयदेखि खेलकुदमा सक्रिय रहेकी छन् । तेक्वान्दो खेलाडी बस्यालले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनुका साथै रेफ्रीको भूमिकासमेत निर्वाह गरेकी छिन् ।
त्यस्तै राखेपका अध्यक्ष रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले थप २ सदस्यलाई मनोनित गरेपछि कुल ११ सदस्य मनोनित भएका छन् ।
सदस्य सचिव र उपाध्यक्ष नियुक्त गरेको दुई महिना भन्दा लामो समयपछि ९ जना सदस्य नियुक्त भएका हुन् । यसअघि ६ जनालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मनोनित गरेका थिए ।
राखेपका दर्ता राष्ट्रिय संघहरुको सिफारिसमा मनोननित गर्न पाउने व्यवस्था अनुसार मन्त्री विश्वकर्माले रेणुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई मनोनित गरिसकेका छन् । संघहरुको सिफारिसमा जम्मा ५ जना अध्यक्षले गर्न पाउने मनोनयनमा महिला कोटाबाट बाँकी २ जनाको नियुक्त गरिएको मन्त्रीका स्वकिय सचिव भरत गुरुङले जानकारी दिए । ३७ सदस्य बोर्डमा अन्य सदस्य भने पदेन रहने व्यवस्था छ ।
असार १८ गते लागु भएको राष्ट्रिय खेलकुद विकास ऐन अनुसार उनीहरुको नियुक्त भएको हो । जसमा खेलकुदको विकासमा महत्पवूर्ण योगदान गरेका प्रतिष्ठित व्यक्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु मध्य सबै प्रदेशबाट प्रनिधित्व हुने गरि महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेसी, थारु, मुस्मि पिछडिएको क्षेत्रबाट समेतबाट प्रतिनिधित्व हुने गरि कम्तीमा तीन महिलासहित सरकारले मनोनित गर्ने व्यवस्था छ । मनोनयन हुनेका कम्तीमा ५० प्रतिशत सदस्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु मध्यबाट हुनुपर्ने ऐनमा समावेश छ ।
अब राखेप ७ सदस्य कार्यकारी समितिले पनि पूर्णता पाउनेछ । जसमा अहिले ४ जना रहेका छन् । ३ जना भने बोर्डबाट चुनिनेछन् । साउन १२ गते सरकारले शिव कोइरालालाई उपाध्यक्ष र रमेशकुमार सिलवाललाई सदस्य सचिव नियुक्त गरेको थियो । मन्त्री विश्वकर्माले साउन १५ गते रिम रानाभाट, इन्दिरा निरौला, अर्जुनबहादुर केसी, सम्पन्न श्रेष्ठ, सुबास श्रेष्ठ र गोविन्द्र भट्टराईलाई राखेप बोर्ड सदस्यमा मनोनित गरेका थिए ।







