Loading... आजः ३ बैशाख २०८१, सोमबार । Monday 15th April 2024

आज विश्व मानसिक स्वास्थ्य दिवस

एउटा बालक बिहानै बाट ससाना कुरामा हास्दछ, खित्का छाडेर । उसलाई रुखवाट झरेका पात या बलेसीबाट तप्केका पानीका थोपा सबैले हसाँउदछ । सुस्तरि हुर्कदै जाँदा उसको जीवनबाट बालापन अनि त्यो बालकको छवी हराँउदछ, उ अब हास्नका लागि कारण खोज्दछ ।

अब उ हाँसोको अर्थशास्त्रको तनावपूर्ण बिधार्थी हुँदै जान्छ, विधालय अनि कलेजका कार्य, कामको तनाव, समबन्धको गहिराई अनि जीवनका साध्यहरु ले उसको हाँसो शोषेर लाने गर्दछन् । हाम्रो वयस्क जीवनको कार्यगत अनि बिधार्थी पलको अधिकाशं हिस्सा काम अनि भागादौड मै बित्दछ । चाहे बालक होस् या बृद्ध अनि वयस्क नै किन नहोस्, जीवन सबैका लागि समान नहुन पनि सक्दछ । तनाव, सीमा, तुलना, संयम अनि हिनतावोधी धेरै कुराहरु बीच जीवनले आशाको त्यान्द्रो जोडेको हुन्छ, हामीले सबै कुरालाई सन्तुलनमा राखेर अगाडी बढ्न जरुरी छ । जीवन केवल उपभोक्ताशीप र उपलव्धीको धरा्ेहर मात्र हैन्, शुन्यता बीच रहेको निरपेक्ष हरेक श्वाँसहरुको माला गाँसेर बनाइएको जीवनको महत्व पनि बुझ्न जरुरी छ ।

सूर्य उदाँउदा हाँस्न भुलेको मानस लाई आजभोली हाँस्नका लागि बैंकमा ब्यालेन्स या राम्रा फोन या अन्य भौतिक अवयवहरु चाहिन्छ, जीवनको खुशी र सन्तुष्टि भौतिक प्राप्ती र प्रतिस्पर्धामा मात्र देख्ने पुस्ताले हाँस्न अनि हसाउन नजानेको त पक्का हो । अर्कालाई पछारेर आफु अगाडि बढ्नु लाई जीत को परिभाषा बनाएका मान्छेको झुण्डले एउटा अस्वस्थ प्रतिस्पर्धा बीच अन्योल को परिधी बनाएका छन् अनि तनाव पूर्ण जीवनको श्रीगणेश पनि त्यहीबाट हुन्छ ।

यस्ता प्रतिनिधी पात्र बालक जस्ता अरबौं मानिसहरु एक खित्का पनि नहाँसी अनि तनाव वीच नै आफ्ना दिन अनि बर्षहरु गुजारी रहेका छन् । आत्महत्या, हत्या, नशा सेवन, दुर्घटना अनि कैयन असरहरु त हाम्रा टोलछिमेक मै दैनिक सुनिन्छ ।

मानसिक स्वास्थको यिनै मुद्धा अनि परिवेशले ल्याएको चुनौतीलाई बिश्व भरि मिलेर सामना गर्न सन् १९९२ देखि हरेक वर्ष १५० भन्दा बढी देशहरुमा विभिन्न कार्यक्रम गरि विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । यो दिवसले संसारमा मानसिक स्वास्थ्य सम्बन्धि मुद्दाहरू, समस्याहरु अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाहरुका बारेमा चेतना जागृत गरिन्छ । मानसिक स्वास्थ्यका मुख्य आधारहरु भनेको मानविय संवेदनात्मक सहयोग र भावनात्मक प्रार्थमीक उपचार हरु हुन् ।

जसरी कुनै दुर्घटनामा परेका ब्यक्तिहरुलाई भौतिक प्राथमीक उपचार गरिएजस्तै भावनात्मक अनि संवेदनात्मक दूर्घटनामा परेका ब्यक्तिहरुलाई तत्कालै सही मानसिक प्राथमीक उपचार गर्न जरुरी हुन्छ । बढ्दो आधूनिकता, बदलिंदो जीवनशैली अनि बढ्दो मानवीय महत्वाकांक्षाका कारणले मानिसहरुमा लामो समयसम्मको निराशापना, मानसिक असन्तुलनका कारण आत्महत्या लगायतका समस्याहरु बढिरहेका छन् ।

जीवन अनमोल छ र यहाँ महत्वपूर्ण कुराहरु जस्तैः धन सम्पत्ति र सुन चाँदीमा मात्र तुलना गर्नु मुर्खता हो, कमाउने र जोगाउने दौडमा कतै हामीले बाँच्न त विर्सिरहेका छैनौ ? खुशी हुनु र सकारात्मक सोच राख्नु एकदमै ठूलो कुरा हो, मुस्कुराउन र मुस्कान बाँड्न नभुलौं ।

स्मरण रहोस्, हरेक बर्ष करिब ३० करोड मानिसहरु संसारमा डिप्रेशनको शिकार भइरहेका छन् , खुशी अनि सन्तुष्टि का साथ जीवन बाँच्ने आधार नै मानसिक स्वास्थको पहिलो खुडकिलो हो । हामीलाई त्यसै ३० करोड को सुचीमा नाम लेखाउने रहर पक्कै पनि छैन्, जीवनमा सक्दो प्रयास गर्न सक्नु नै उपलव्धी हो । परिणाम त केवल उपज हो, प्रयास को । हामी छाँया को पछाडी कुद्न बन्द गर्दै जीवनको वास्तवीक मुल्यको पछि लाग्न जरुरी छ । हरेक दिन घट्दै गएका यी सिमीत जीवनका दिनलाई रमाईलो गरि बिताउने साहस सबैमा होस् ।
विश्वभरि १ अर्ब मान्छेहरु मानसिक समस्यासंग जुधिरहेका छन्, यसरी मानसिक समस्याहरुसंग जुध्नका लागि भनेंर अनेक कुलतमा लागेकाहरु मध्य केवल अत्याधिक मदिराको सेवनले मात्र हरेक वर्ष ३० लाख मान्छेहरुको मृत्यू हुने रहेछ । हरेक ४० सेकेण्डमा विश्वको कुनै न कुनै कुनामा एकजना मान्छेले आत्महत्या गर्ने डरलाग्दो तथ्याकं विश्व स्वास्थ संगठनले दिएको पाइन्छ । कोभिड १९ महामारीले त झन विश्वभरिका मान्छेहरुमा थप मानसिक समस्या र नकारात्मक र निराशावादी सोचहरुको श्रृजना गरेको छ, यस वर्षको मानसिक स्वास्थ दिवसको महत्व अत्यन्त धेरै छ । व्यवसाह चौपट होला या बाँच्न कठिन होला, काम नहोला तर हरेक कालो बादल पछि चाँदीको घेरा हुन्छ भनें झैं आगामी वर्षहरुमा अगाडि बढ्ने र अहिलेको समयमा माग अनुरुप सुरक्षित रहने र स्मार्टली अघि बढ्ने सोच राख्न जरुरी छ ।

मानसीक समस्या भएकाहरूको विशेष रेखदेख र स्वस्थ्य र सामान्य जीवनकालागि पहल गर्नु हाम्रो दायीत्व हो, उनीहरूलाई दया होइन माया र स्नेहले भरीएको सामाजिक संरचनाको विकास गराैं । हाम्रो पात्रो