कविता – `काेराेनाले बाटाे छेक्दा´

स्वाँस फेर्न नसकेका, आफन्तको पीडा देख्दा !
हरेकदिन यिनै हातले, श्रद्धासुमन भनी लेख्दा !!
भारी हुन्छ छात्ति मेरो, दौडिएरै पुगुँ भन्छु !
भक्कानिन्छ मुटु सधैं, कोरोनाले बाटो छेक्दा !!
सपना तिनका कति थिए, पृथ्वीमा पाईला टेक्दा !
जन्मदाता खुसी कति, काखमा राखी आगो सेक्दा !!
नियति नै हो कि भनि, औंला भाँची दिन गन्छु !
भक्कानिन्छ मुटु सधैं, कोरोनाले बाटो छेक्दा !!
संसार शून्य हुने हो की, महामारी फैलि राख्दा !
या त हामी जितिछाड्छौं, सचेत भई.सबै जाग्दा !!
सन्देश लिई गाउँ वस्तिमा, हतारिंदै पुगुँ भन्छु !
भक्कानिन्छ मुटु सधैं, कोरोनाले बाटो छेक्दा !!
केही गर्ने उमेरका नै, संसार छोडी बाटो लाग्दा !
लेख्नै भुलिन् जस्तो लाग्छ, भाविनिले कर्म लेख्दा !!
हरेक घरमा पुगेर नै, सबको आँसु पुछँुं भन्छु !
भक्कानिन्छ मुटु सधैं, कोरोनाले बाटो छेक्दा !!
वियोग नै भएपनि, धैर्यतालाई बचाई राख्दा !
फेरी उठ्ने आशा लिई, हात बढाई साथ माग्दा !!
घाईते मन लिई सबैलाई, भेट्न भनि पुगुँ भन्छु !
भक्कानिन्छ मुटु सधैं, कोरोनाले बाटो छेक्दा !!