Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

कविता- बा ! मलाई कत्ति माया गर्नु हुन्न ?

उकालाेमा दाैडाउनु हुन्थ्याे,
अाेरालाेमा उभ्याउनु हुन्थ्याे,
न हात समाउनु हुन्थ्याे,

मीनराज पन्त
न कतै अड्याउनु हुन्थ्याे,
अाफैले सक्ने काम पनि ,
मैलाई लगाउनु हुन्थ्याे।
ठूलो काम पनि गर्नुपर्छ है भन्नू हुन्थ्याे,
अाफू पछि पछि हिड्नु हुन्थ्याे
मलाई अघि अघि हिड भन्नू हुन्थ्यो ,
बा मलाई कत्ति माया गर्नु हुन्थेन!
बिहान कलम थमाउनु हुन्थ्याे,
दिउसाे स्कुल धपाउनु हुन्थ्यो ,
बेलुका पाठ घाेकाउनु हुन्थ्यो ,
कहिल्यै बिदा पर्नै हुन्थेन,
बिहान सखारै उठाउनु हुन्थ्यो ,
बेलुका समय मै सुत भन्नू हुन्थ्यो ,
मेला बजार पठाउनु हुन्थ्यो ,
एकछिन त्यसै बस्नै दिनु हुन्थेन,
भेट भयाे कि के के सिकाउनु हुन्थ्यो ,
चराे खसेर अनि छाेराे भाेकले मर्नु हुन्न भन्नुहुन्थ्यो ,
पास भएर खुशि हुदै अामाले अङगालाेमा बेर्दा
पास भएर हुन्छ? पहिला हुनुपर्छ भनी उल्टै थर्काउनु हुन्थ्यो ,
साथी भाइ बिच मेराे प्रशँसा भएको बेला,
मलाई मख्ख पारी सबले हात मिलाएकाे बेला,
पटमुर्ख लठ्ठक भनी मेरै हात तान्नु हुन्थ्याे,
बा! मलाई कत्ति माया गर्नु हुन्थेन।
हिड्दा हिड्दै पछि परे भने,
कतै चिप्लिएर लडे भने,
उभिएर हेरि रहनु हुन्थ्याे,
हात गाेडामा लडेर चाेट लागे पनि ,
टाडैबाट उठ भनी इसारा गर्नु हुन्थ्यो ,
रिस उठेर बासङग अाफै जुर्मुराएर उठ्थ्ये,
बा मुस्कुराएर टाढैबाट जानू हुन्थ्याे,
म उठेकाे बेला टाढै बस्नु हुन्थ्याे,
म सुतेकाे बेला नजिक अाउनु हुन्थ्यो ,
अाफै अाएर घाउमा सुम्सुम्याउनु हुन्थ्याे,
मलाई चाेटलाग्दा रुदा अामाअाशु सुकाउनु हुन्थ्यो ,
बा अाँखा भित्रै अाँशु लुकाउनु हुन्थ्यो ,
अामा मलाई चिसाेबाट बचाउन टाेपि बुन्दै गर्दा,
बा बार्दलिमा बसेर एक्लै केकेबर्बराउनु हुन्थ्यो ,
बा मेराे जीवन फलाउने सपना बुन्नु हुन्थ्याे,
अाज समयले काँचुलि फेरि सकेछ,
बा अाफै बाकाे कहानि सुनाई बसेछ।
अामा सप्रमाण साक्षि बनेर कहानिकाे
माया नगर्ने बाकाे बयानी सुनाई सकेछ,
अाज बा!
हामी माझ हुनु हुन्न,
हास्नु पनि हुन्न ,
रुनु पनि हुन्न,
खालि अाफ्नाे सन्तानकाे माैलाएकाे फूलबारीलाई,
एक तमास तस्विरबाटै ,
हेरीरहनु हुन्छ! हेरीरहनु हुन्छ!