सार्वजनिक स्थानका संरचना हटाउन नगरपालिकाको अल्टिमेटम
सुर्खेत, माघ १९ ।
वीरेन्द्रनगर नगरपालिकाले सार्वजनिक क्षेत्र भित्र रहेका निजी संरचनालाई १५ दिनभित्र हटाउन आग्रह गरेको छ । नगरपालिकाले प्रथम पटक शहर व्यवस्थापन सम्बन्धि सुचना जारी गदै सार्वजनिक क्षेत्रभित्र बनाइएका संरचनालाई हटाउन आग्रह गरेको हो ।
पहिलो पटक सुचना प्रकासित गरि सार्वजनिक क्षेत्रमा वनाईएका संरचनाहरु १५ दिन भित्र नहटाएमा नगरपालिकाले कानून बमोजीम हटाउने वताएको छ । नगरपालिकाले सार्वजनिक क्षेत्रहरुमा वनाईएका संरचनाहरु १५ दिन भित्रमा नहटाईए कानुन वमोजिम जरिवाना र सामग्री समेत ज
फत गर्ने बताइएको छ । वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले जथाभावि फोहोर र व्यवस्थित हुन नसकेको अवस्थामा कडाई गर्न लागिएको वताएका छन् । उनले यो क्षेत्रमा रहेका विभिन्न स्थानहरुमा जथाभावि फोहोर फाल्ने र निकासी नहुदाँ व्यवस्थापनमा कठिनाई भएकोे बताए । उनले प्रदेशको राजधानिको रुपमा रहेको वीरेन्दनगरलाई प्रदेशकै नमुना शहर वनाउनका लागि सम्पुर्ण नगरवासी एकवद्ध भएर लाग्नुपर्ने वताए । उनले नगरपालिकाका सार्वजनिक स्थलहरु अतिक्रमण गरी छैठौं प्रदेशको राजधानीको रुपमा रहेको सुर्खेतको सुन्दरतामा आँच आएकोले अवका दिनमा सुन्दर नगर वनाउनका लागि ठोस कदम चाल्ने समेत बताए ।
यस्तै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले अवका दिनमा नगरले स्वच्छ र सफा राख्न विषेश अभियाननै संचालन गरेर अघि वढ्ने वताईन् । उनले भनिन्, पहिलो चरणमा सार्वजनिक क्षेत्रमा वनाईएका अस्थाई संरचना हटाउन पहल गरेका छौ । गलत गर्नेलाई कुनैपनि हातलमा नछाडिने र राम्रो गर्नेलाई पुरस्किृत समेत गर्ने योजना अघि सारेको उनले वताईन् ।
नगरपालिकाले १५ दिन भित्र सार्वजनिक स्थानहरुमा टहरा, छाप्रो, ठेला जस्ता फुट्फाटमा रहेका व्यवसायहरुलाई हटाउन आग्रह गरेको छ ।







