Loading... आजः १३ असार २०८३, शनिबार । Saturday 27th June 2026
ताजा खबर
  

मुख्यमन्त्रीको कार्यालय स्थापना

सुर्खेत —
सरकारले मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषदको प्रमुख सचिव नियुक्ति गरेसँगै आज प्रदेश नं. ६ को मन्त्रीपरिषदको कार्यालय स्थापना भएको छ । क्षेत्रीय प्रशासन कार्यालयमा मुख्यमन्त्रीको कार्यालय स्थापना गरिएको छ । प्रदेश संरचना सुझाव समितिले सरकारलाई दिएको सिफारिसका आधारमा क्षेत्रीय प्रशासनमा मुख्यमन्त्रीको कार्यालय स्थापना गरिएको हो । मुख्यमन्त्रीको कार्यालय स्थापनासँगै क्षेत्रीय प्रशासनलाई तत्कालका लागि क्षेत्रीय हुलाक निर्देशनालयमा सार्न लागिएको छ । प्रदेश मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले शुक्रबारै पदवहाली गरे । सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रशासन सचिवका रुपमा सहसचिव यज्ञराज बोहरा र, कानुन सचिवमा केशवराज आचार्यलाई खटाएको छ ।प्रमुख सचिव प्रधानले अबको एक साताभित्र सबै मन्त्रालय स्थापना भइसक्ने बताए ।