Loading... आजः १५ बैशाख २०८३, मंगलवार । Tuesday 28th April 2026
ताजा खबर
  

सहयात्री सँगको यात्रा

अजीव छ एउटा यात्राको कहानी । यसलाई न त कथा नै भन्न मिल्छ न यथार्थ नै । तर यस संस्मरणका पंक्तिहरु कसरी सुरु गर्ने अन्यौलताले छाएको छ । तर पनि गर्नै पर्छ एउटा कहानीको सुरुवात । जसले मलाई सहयात्रीसँगै यात्रा गर्न सिकायो ।

रमा के.सी.

केही दिन अगाडिको कुरा । जब म काठमाण्डौंको लागि हिड्ने योजना बनाउँदै थिएँ । मेरो मानसपटलमा सुर्खेत काठमाडौंको यात्राको यात्रारेखा कोरिँदै थियो । बसपार्क पुगेको, गाडि चढेको, गाडि आफ्नै रफ्तारमा गुडेको यात्राका क्रममा एउटा अनौठो सहयात्री भेटेको । यस्तै यस्तै, प्रश्नहरुले आफै भित्र उत्तर खोजिरहेका ।

मनको अन्तरकुनामा मथिंगल गरेका प्रश्न र उत्तरहरुलाई समेटेर आफ्नो सामान तयार पार्दै थिएँ । त्यस समयमा मलाई एउटा म्यासेज आयो ‘हजुरले टिकट लिनु भयो ?’ उसको प्रश्नमा मैले उत्तर फर्काए ‘म फोन गर्छु बसपार्कमा आफ्नै नातेदार हुनुहुन्छ । उहाँले टिकटको चाँजोपाँचो गर्नुहुन्छ । म ढुक्क छु ।’

प्रतिउत्तरमा ‘गर्ने नै त्यही हो नि ! चिनेको भएपछि ।’ मैले प्रश्न गरे ‘किन ?’ ‘केही काम थियो र ?’ ‘उम् मलाई पनि चाहिएको छ । म पनि जानु छ आजै ।’ उसको कुरालाई मैले खुलेर विश्वास गर्न सकिन् । एकै ठाउँ जाने, एउटै बसमा । फेरी मैले सोधे ‘साच्चै हो हजुर ।’ जाने हो हजुर । ‘साँच्चिकै हो भने सँगै जाउ न ।’ अलिकति खुसी मिसाए ।

उसले भने झैँ ऊ पनि जाने निश्चित रहेछ । म एक्लै जान परेन । त्यो पनि चिनजान भएको साथी । भरियो मेरो मनमा खुसी । ती खुसीहरुका बीचमा पनि मेरो मनमा अनेक तर्कनाहरु आउन भने छोडेनन् । सुर्खेत हुँदै कोहोलपुर, दाङ, कपिलबस्तु, रुपन्देही, धादिङ हुँदै काठमाण्डौ पुग्नु छ । यात्राको अनुमान लगाउँदै आफैले प्रश्न र उत्तरहरु खोजिरहेको थियो मेरो मनले । हुन त यो मेरो पहिलो यात्रा थिएन । तर नेपालको भौगोलिक बनावट अनि बाटोको अवस्थाले जो कोहीलाई पनि सोच्न बाध्य बनाउँछ यात्रा गर्नु पर्दा ।

घरबाट बसपार्क पुग्ने बेलासम्मका मेरा मनमा यस्तै सवाल जवाफहरु भइरहे । एकातिर यात्राको बारेमा सोचिरहेछु भने अर्को तिर मसँग सँगै यात्रा गर्ने सहयात्रीका बारेमा । आतुर छ मन उसलाई भेट्नका लागि । मनले सोचिरहेको छ ‘उसलाई भेट्छु । जान्छौ सँगै । मनका लागेको धेरै भलाकुसारीहरु साटासाट हुनेछन् हामी बीचमा ।

मुटुको एउटा पाटोले आफैलाई सोधिरहेको छ, ‘खै यसले यात्राका क्रममा कस्तो प्रतिक्रिया देला । थाहा छैन् मलाई । यात्राका क्रममा कोही मस्त निदाउने गर्छन । कोही अखबारका पानाहरुमा सके कुनै चर्चित उपन्यासहरुमा रमाउनेहरु पनि हुन्छ । कोही यात्रालाई सहज बनाउँदै जीवनका अतित र भविष्यलाई कोट्याउने गर्छन् । यस्तै सोचहरुले मग्न भएको मनलाई संगालिरहेको बेलामा बज्यो मोवाइलको घण्टी, टिङ टिङ ।
फोन रिसिभ गर्न साथ ‘सन्चै हुनुहुन्छ ।’
‘हजुर’ ‘अनि हजुर नि ।’
‘उम’ मैले छोटो उत्तर फर्काएँ ।
‘टिकट लिनु भयो ?’
‘हजुर लिइसके’ । ‘कस्तो छ नि सिट’ ‘थाहा छैन ।’ ‘म जानु भन्दा अगाडि हजुरलाई कल गर्छु नि ।’
‘हुन्छ ।’ छोटो कुराकानी सकियो हाम्रो ।

टक्क रोकियो अटो । पुगियो सुर्खेतको बसपार्कमा । मध्यपश्चिम यातायातको टिकट काउण्टरमा पुगे । लिएँ टिकट । अनि खोजे आफू चढ्ने बस । मेरो आँखा डुलिरहेका थिए बसपार्कको वरपर । खोजिरहेका थिए उसैलाई । यात्राको सामग्री राखे । त्यसपछि उसलाई फोन गर्नु नै आवश्यक ठाने र थिचे मोवाइलका नम्बरहरु । ‘नजिकै छु ।’ अब एकछिन्मै पुग्छु । कति पाँच मिनेटको कुराइ पनि मलाई एक दिनको पखाई जत्तिकै लागिरहेको थियो । सेतो सर्ट, कालो पाइन्ट । टिलिक्क टल्केका सावरका जुत्ता । आजभोलि नर र नारीका पहिरन पनि छुट्याउनै गारो । जुधें आँखा एक आपसमा । साथी नै भएपनि सिष्टाचार अभिवादनको आदान प्रदान पश्चात पस्यौ हामी बस भित्र । यात्रुहरुले खचाखच भरिएको बस एकैछिन्मा गुड्न सुरु ग¥यो आफ्नो गन्तव्यमा पुग्नलाई ।

जब हामी भेट भएपछि मनमा अनौठो किसिमको आनन्द पनि थियो । किन हो किन मनको एउटा पाटोले थोरै डर पनि महसुस गरेकै थियो । कस्तो अचम्म । चीनजानकै मान्छेसँग यात्रा गर्दा पनि मेरो मनले के के सोचिरहेको छ । आफै अचम्मित छु । बसको गुडाइसँगै हामी दुवै जना बाल्यकालको कुराहरु गर्दा गर्दै कोहलपुरमा खाना खान रोकियो बस । अरुहरु झैँ झ¥यौ हामी पनि । खानमा थियो चाउचाउ र अण्डा । मैले भने म खाँदिन । हर्रेका घुम्तिहरुमा बान्ता गर्दा आन्द्रै बटारिएका छन् ।

त्यसको केही छिनमा सहयात्रीले खाको देख्दा मैले खान्न भने पछि खाए खानको रुपमा चाउचाउ । त्यस पछि फेरि सुरु भयो गाडिको गुडाई । हामी पनि थियौ गाडिमै । मन्द स्वरमा बजिरहेको थियो ‘सुन साइली सुन साइली’ । आन्द्रा बटारिरहेका । अलि अलि पेटको दुखाइ टाउको भारी भएपनि उसँग कुराकानीमा साथ दिइरहेकी थिएँ म पनि ।

घडीले ११ बजाउने तरखर गर्दै थियो । सायद सहयात्रीलाई निन्द्रा लाग्यो होला । उसले कुराकानीमा त्यति धेरै मन दिएको जस्तो लागेन । तराईको साझो बाटो भएकोले मलाई पनि रोकिएको थियो बान्ता हुने क्रम । सोचें निदाउन दिउँ । कोसिस गरें म पनि निदाउँ ।

गाडिको रफ्तार बढिरहेको थियो । बाहिरको वातावरण सुनसान । चकमन्न रात । केहीबेर म आफै मनमा धेरै कुराकानी गर्दै थिएँ । कास, यो मौसम यो रात र यादहरु यस्तै यस्तै साथमा सधै भएको भए कति प्यारो हुन्थ्यो होला यस्तै सोच्दै थिएँ । आवाज आयो ! त्यो एउटा महिलाको थियो । केहो केटी देखेर हेपेको हो । हात हाल्न खोजेको हो । भन्ने आवाजले सबैको ध्यान आर्कषण ग¥यो । गाडिमा भएका बिउँझिए सबै । सहयात्रीसँग फेरि सुरु भयो कुराकान िगर्ने क्रम । ऊ अलिअलि निदाएको भएपनि मेरो ख्याल गरेको मैले राम्रोसँग बुझेक िथिएँ । जसले गर्दा मलाई निदाउन ढुक्क लागेको थियो ।

आफ्ना आँखाको कसिंगर आफै निकाल्न सकिदैन भने झैँ आफुलाई मन परेपनि आफै भन्न ग्राहो हुदो रहेछ । मोवाइलमा म्यूजिक बजाएर सुनेर निदाउने प्रयास ग¥यौ । तर म निदाउन भने सकेन बिहानी पख भने कतिबेला निदाएछु पत्तै भएन ।

सायद रातभरी ननिदाएकोले गर्दा होला निन्द्रा लागेछ । विहानी पखको एकमुठी निद्रा खुबै प्यारो पो हुन्छ त । केही बेर म निदाएँ । केही क्षणमा मुग्लिन पुगियो । त्यहाँ केही बेर फ्रेस हुन र चिया नास्ताको लागि भनि बस रोकियो । मलाई भोक त लागेको थियो तर बान्ता हुनेको डरले केही खान मन भने थिएन । सहयात्रीले लिएर आएको चिजबल र मेरो साथमा भएको महेश बाँडेर खायौ हामीले । कम्ता मीठो लागेको हो । विहानी खाजाको मिठासमा मुख मिठ्याउँदै गफको सुरुवातीमा जिब्रो पट्काउनु हामी दुबैको कर्तव्य जस्तै भएको थियो आज ।
त्यसपछि केही बेर कुरा भएपछि सहयात्री भने निदायो । उसलाई बसमा यात्रागर्दा धेरै निन्द्रा लाग्दो रहेछ । उसले भनेको थियो बसमा बस्दा पहिला नै म भने बाहिरको नदिनाला, डाडापाखा, हरियाली हर्दै मनमा आन्द खालको सपनाहरु बुन्दै थिएँ । त्यो रमाईलो म बाट टाडा नभएको भए हुन्थ्यो । हामी यस्तै केही बेर समय अझ धेरै साथमा भएको भए हुन्थ्यो भन्ने लागिरहेको थियो सायद सहयाती सँग अझ धेरै कुरा गर्न मन थियो । नौबेसि देखि हामी जाममा प¥यौ मलाई यस्तो लाग्थ्यो त्यो केही अझ धेरै समय भएको भएनि हुन्थ्यो । तर धेरै जाम नभएकोमा खुसी पनि थिएँ, भोक लागेकोले गर्दा होला त्यस पछि हामी केही नबोली बस्यौँ । केही समयमा कलङ्की आयो जहाँ सहयात्रीको गन्तब्य थियो । त्यस पछि भने म एक्लो भए केही समय म जानु पर्ने ठाँउ सहयात्रीको भन्दा टाडा भनु या नजिक सायद सहयात्रीको भन्दा नजिकै थियो । जव सहयात्री सँग छुटियो तब उसको याद सगैँ कोठामा पुगियो ।