Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

कथाः अधुराे प्रेम

लोकराज आचार्य

ऊ एक व्यापारीकी छोरी हो।मेरो घरदेखि उसको घर मिनेटको सुईले फन्को नमार्दै पुग्न सकिन्छ  ।यदि  तेरो चाहिँ के हो  ऊ भनेर सोध्नुभयो भने मेरो उत्तर हुनेछ बाल्यकालको साथी हो। म जुन उत्तर दिन चाहन्थे ,त्यो उत्तर बनाउन असफल नै छु।जातिय हिसाबले ऊ क्षेत्रिको छोरि हो ,म चाहिँ बाहुन को।उमेरको हिसाबले ऊ भन्दा म केहि महिना ढिला नै जन्मेकि हो। आर्थिक हिसाबले केहि सम्पन्न ,म चाहिँ अलि कमजोर।म पढाईमा अलि ट्यालेन्ट,ऊ चाहिँ अलि कमजोर।सायद हामी दुवै टप 10 मा पर्छौँ ,तर विल्कुल फरक विधामा । म एक अनुशासित ,इमान्दार,मेधावी,अध्यात्मिक। सबैले आश विश्वास गरेको केटो मा पर्छु।ऊ चाहिँ गाउँभरमै सुन्दर केटि ,सबै केटाहरूको आकर्षण केन्द्रमा पर्छे।

गाउँकै विद्यालयमा कक्षा ४ देखि ८ सम्म सँगै पढेका हौँ ऊ र म।कहिलेदेखि उसको हरेक चिज मलाई निकै मन पर्न थालेको हो ,थाहा छैन।उ स्कुल नआउँदा अनुहार मा निराशाको बादल कहिलेदेखि लाग्न लागेको हो कुनै एकिन छैन।उ धारा जान लाग्दा बाल्टिनको पानी भुइँमा पोखेर मलाई पनि धारा जाने मन कहिलेदेख्न लागेको हो खै,थाहा छैन।उसलाई परिक्षामा सिकाउन पाउँदा मज्जा लाग्न लागेको कहिलेदेखि हो ,थाहा छैन।उसको साथमा रहँदा केटाहरूले आइमाई भनेर गिज्याउन लागेको पनि कहिले देखि हो, थाहा छैन।
वसन्त ऋतु लागेसँगै विद्यालय हरू छुट्टि हुन्थे।भेरि किनारको कोसेनि मा सिमलका फुलहरू फुलेका हुन्थे।रंगिचंगि हुन्थ्यो जताततै ।सिकारी हरू सुगा मार्दै हुन्थे।हाम्रा कलिला सुर …सुर का स्वरहरूले सुगा,कालिज का स्वरहरूमा मिसावट थपिदिन्थे।
त्यहि कोसेनीमा गोरूबाख्रा चराउन जान्थे गाउँका केटाकेटी ।ऊ पनि जान्थि। अब ऊ गएपछि म जान्थे होला कि नाईँ भनेर दोधार नपर्नुहोला।
ऊ कोसेनी गएको दिन मात्र जाने नत्र घरमा बसिरहने म नै हो।उसको लागि आँप,अमिलाहरू लगिदिएर  उसँगै वसेर खाने म नै हो। रूखको छहारीमा बसेेर ऊसँगै गृहकार्य गर्ने पनि म नै हो। दिनहरू  निकै रमाइला हुन्थेँ।साथीहरूले उसको नाम लिँदै गिज्याउँथे।मलाई निकै रिस उठ्थ्यो।झन् मलाई उनिहरूले कान्छो भनेर बोलाउँथे,किनभने उसको नाम जोडिएर म भन्दा अगाडि धेरै केटाहरू आइसकेका थिए।जसमध्ये म सबैभन्दा पछिल्लो रहिछु।केटाहरू म लाई दिक्क गराउँथे।शब्दमा बयान गर्न नसकिने ,कसैको याद नहुने ,केहि ठुलो पिरचिन्ता नहुने तिँ बाल्यकालका क्षणहरू अहिले  याद बनेर आउँछन् र अतितमा फर्काउँछन्।
कक्षा आठको जिल्लास्तरीय परीक्षामा प्रथम आइसकेपछि कोहलपुर‌ मामाघर पढ्न गएँ,त्यो दिन थियो २०७२ वैशाख १२ गते।देशमा ठुलो भुकम्प आएको थियो त्यो दिन।स्वर्णिम भविष्य बनाउनको निम्ति समाज,परिवार र ऊ बाट विछोडिइनुपर्दा मनमा पनि भुकम्प नैँ आएको थियो ।त्यहि दिनबाट  सुरू भएर आजसम्म चलिरेहको  गाउँघर छोडेर गरिने नयाँ अध्ययनरत जिवनमा ,त्यहि कलिलो समयका पराकम्पहरू आइरहन्छन्।
त्यहाँ गइसकेपछि ,सबैको याद आउँथ्यो।अरू सबैको याद जोड्दा पनि उसको याद जति पुग्नैथ्यो।
उसको लहरै लहरमा,बस्न मन थिएन सहरमा।तर पढ्नु पनि थियो।जिवनसँग लड्नु पनि थियो।
। जब दशैँतिहारमा कोहलपुरबाट घर आउँदै थिएँ ।बर्दिया निकुञ्जका कृष्णसार झैँ अल्फा वेभमा
कुदिरहेका हुन्थे,उसकै बारेमा अनगिन्ति सोचहरू।उसलाई फ्लो गर्ने केटाहरू पाटेबाघ  जस्तै लाग्थ्यो र प्रार्थना गर्थेँ ठाकुरद्वारा मन्दिरमा , “नआइदिउन् मासुम् कस्तुरीको सामु”।कर्णाली पुलमा पुग्दा  भावना को कर्णाली बगिरहेको थियो। कस्तो अचम्म ,आफु सानो छँदाका साना कुराहरू क्रमश:आफु ठुलो हुँदै जाँदा  ठुला बन्दै जाने पो रैछन्।
। ऊ सँग सामान्य बोलचाल हुँदा पनि राहत मिल्थ्यो।ऊ सँग बोल्नमा निकै शान्ति मिल्थ्यो।आनन्द मिल्थ्यो ।मनको बेचैनी हट्थ्यो।उसको घरमा क्यारेम पनि थियो।क्यारेम खेल्ने बहानामा म उ सित बोल्न जान्थे।उसलाई देख्न जान्थेँ।तिहारको देउसिमा पनि उसको छेउमा प्राय: केटाहरू लाग्थे।रिसको दमन गर्नुको विकल्प थिएन।
गाउँघरबाट टिकापुर पार्क,दोधारा चाँदनी घुम्न जाने भयौँ।।चिसापानी बजार मा। मलाई तिम्रो याद धेरै आउँछ।म तिमिलाई माया गर्छु।तिमिलाई विर्सन सदैन म।यस्तै प्रश्नहरुको ओइरो थियो मनमा।बडो हिम्मत गरेर त्यो दिन मैले सोधेको थिएँ ‘म तँलाई केहि कुरा सोधुम्….।’ उसले भनि , “राम्रो कुरा हो भने सोध।” अब परेँ म दोसाँधमा।  कसैलाई माया गर्छु भन्नु
राम्रो हो  या नराम्रो ।म त्यो बेला मात्र  सामाजिक सोचले ग्रसित थिएँ।यस्ता विषयलाई  समाजमा नराम्रो रूपले लगिन्थ्यो।म स्वविवेक लगाउने अवस्थामा थिएन।समाजकै छाप दिमागमा रहेको हुनाले मलाई लाग्यो यो नराम्रो हो ।त्यसैले उसलाई केहि भन्न सकिन।चाहेर पनि भन्न सकिन।
उसले के हो भावमा हेरेका आँखा सामु म मौन थिएँ।’ त्यो दिन गाडिमा उ र म एउटै सिटमा थियौँ ।गित बजि रहेको थियो ‘तिमि छौ र पो बाँचेको छु म….,तिमि छौ र पो हाँसको छु म ।’ यति मिठो गित ,गित मात्र बनेको थियो।सायद उ यो गित मा केहि  अरू सोचिरहेकि थिई ,जबकि म उसलाई सम्झिरहेको थिएँ।।
टिकापुर पार्कमा पछि केटाहरूले सुनाए।त्यसको नजिक बसेर के गर्छौ ,उसको मन टाढा छ।कोहि अरूले चोरिसकेको छ ।म झ्याँस भएँ।रंगिचंगि पार्क उजाड जस्तै लाग्यो।
ऊ  कक्षा ९ मा  घरदेखि करिब १ घण्टा जति समय लाग्ने टाढाको स्कुल मा भर्ना भएकि थिई।त्यहाँका चारवटा विद्यालयका विद्यार्थि हरू आउने मावि स्कुल थियो ।त्यहाँ,उसको अचेल एउटा सुन्दर केटासँग अफएयर चलेको रहिछ।उ सम्पुर्ण रूपमा
कसैको भइसकेकि रहिछे ।जो उ सँगै पढ्थे।मैले पनि चिनेको साथी थिए केटा।साथीहरूले सुनाए, “अरू कुरा त छोड यार उनिहरूको क्लासमै फ्लाइंग किस सम्म भएको देखेको छु ।” ।म छाँगाबाट खसेजस्तै भएँ।उसलाई मनको कुरा नभनेर राम्रो गरेछु ।भनेको भए मेरा वाक्यहरू धन्न उसको मिठो गाँसमा ढुंगा लागेको जस्तै हुने थियो।जसोतसो मनलाई समालेँ।घुमेर घर गएँ ।कोहलपुर फर्किँदा कर्णालीको हावाले  चिसो बढेको अनुभुति दिलायो,जुन मनको चिस्याई को सामु निकै तातो थियो। मौसम अनि मन दुवैमा पिडादायि हिउँदको संकेत देखिएको थियो।
कोहलपुरको बाहिरी  मौसम निकै चिसो हुन्थ्यो।माघि विदामा फेरि घर आएँ।गाउँमा दाउराहरू जम्मा गरेर आगो तापेर माघी मनाइन्थ्यो।शरीर का हरेक अंगहरू राम्रो सँग तताएको नै हुँ तर यो मन कहाँ हुने रैछ खै ; जति तताए पनि चिसो नै थियो।यि आँखाहरू,कानहरू झन उसको चालामाला देखेर ,सुनेर  झनै पिडा मात्र थप्थे।
तिहारको देउसिभैलो मा उसको चालामाला देखेर दंग पर्थेँ।आफ्नै अगाडि उसले केटाहरू सँग जिस्किरहेको देख्दा शिर निहुर्याउँथे।पिकनिक जाँदा रमाइलो गर्नुको साटो उ एक्लै बसेर कसैलाई फोन गरिरहँदा निकै मन रून्थ्यो।
तिहार सकिसकेको थियो।ट्युसन पढ्न कैलालीको लम्कि जाने र म पनि कोहलपुर जाने भएकोले हामी हरू सँगै चिसापानी सम्म सँगै जाने हाम्रो सल्लाह भयो।गाडिमा उ र उसको बहिनि अगाडि ड्राइभरको सिटमा बसिहालि म भने पछाडि एक्लै।चिसापानी पुलमा झरिसकेपछि कर्णाली पुल घुम्न लायौँ।उ भने फोन मै व्यस्त थिई ।उसको बहिनि उसलाई कैलालीको नयाँ केटाको नामले जिस्काइरहेकि थिई।मेरो लागि त्यो क्षण असह्य थियो।मलाई ढिलो पनि भइसकेको हुनाले उनिहरूलाई त्यहिँ छोडेर म बस चढेँ र गएँ कोहलपुर।बेस्सरी रूने मन थियो,तर बसका अरू मानिसले देख्ने भएकाले रून सकेको थिएन।जब SEE दिएर बिदामा घरतिर आएँ।प्राय: वल्लोपल्लो घरका सबै केटाहरू भारत गइसकेका थिए।उसँग पहिला को कुरामा जति नै रिस उठेपनि म त्यो विर्सिहाल्थेँ।मान्छे न हो सुध्रिहाल्छे।
 म उसको पसलमा जान्थे,क्यारेम खेल्ने बहानामा।उसँग पढाइलेखाइ देखि लिएर जिवन सम्बन्धि धेरै कुराहरू हुन्थे।पहिलो चोटि उसको नम्बर पनि मागेको थिएँ।म्यासेज हरू भइरहन्थ्यो।रिजल्ट आयो।उसलाई विषय लागेको थिए।उ मलाई पास गराउन छ ,सिकाउन आउन आग्रह गरेर म्यासेज पठाउँथि।म पनि उसलाइ जिस्किएर मलाई नि प्रेममा पास गराइदेउ भनेर म्यासेज पठाउँथे।वर्षौँ देखि भन्न मन मा लुकेका कुराहरू भकभकि उम्लिँदै थिय।एकदिन उसलाई आफुले तिन वर्ष अघिदेखि मन पराएको कुरा बताएँ।उसले जात नमिल्ने भनेर आफ्नो सामाजिक अभिव्यक्ति प्रस्तुत गरि ।मलाई रिस उठ्यो ।मैले ३ दिन सम्म बोलेन।उ बाटो बाट बोलाउँथि म सुन्थेन।उसलाई नहेरर हिँड्थे।अचानक तेस्रो दिन उसले I Love You 2 भनेर म्यासेज पठाई।उसले किन पठाई ।मलाई भुल्याउन लाई मात्र हो कि साँच्चिकै उसले पठाई त्यो मलाई थाहा भएन।किनभने उसले जात नमिल्ने सामाजिक रूढिवाढि परम्परा ३ दिनमा कसरी त्यागि त? म अझै उत्तरविहिन छु।मलाई थिएन।उसको उत्तर नै काफि थियो मेरो लागि ।तर गाउँमा धेरै दिन बाँकि थिएन।म वीरेन्द्रनगर तिर पढ्नको लागि जाने भएँ। उसलाई नि भनेँ। बाटोमा म जान लाग्दा देख्दा रोएकि थिई।तर उ त्यहाँ एक्लै भने थिइन।प्रेमिसित मानिसहरूको सामु बोल्न सक्नु कहाँ त्यति सजिलो हुन्छ,जति सजिलो अरूसँग बोल्दा हुन्छ। मैले केहि पनि बोल्न सकेन ,उसले नि सायद सकिन।सुर्खेत पुगेपछि फोन गरी ।फिल्मलाई सम्झेर उसलाई माया लागेर रोएकि होलि भन्ठानेर किन रोएको प्रश्नको जवाफमा उसले भनि ‘माछेहरू SEE मा  पास भएर पढ्न जान थाले ,आफु त फेल भएको मान्छे।अर्कै लायो ,त्यसैले रोएको।” लगभग एक हप्ता जति फोन भयो।
उ वीरेन्द्रनगमा ट्युसन पढ्न आई,तर ऊ होस्टेलमा बस्थि ।बाहिर कतै निस्कन दिन्थेेनन् रे।फोन पानीमा खसेर बिग्रेछ उसको।हामी सम्पर्क विहिन थिई।ऊ साथि हरू सँग आउँथि जान्थि,म लुकिलुकि हेरेर बस्थेँ ।बोलाउन गाह्रो लाग्थ्यो ,उ साथिहरू सँग भएकाले।उसले परिक्षा दिई र घर गई।एकदिन पनि भेट भएन हाम्रो ।जन मावि स्कुल मा भर्ना भएको थिएँ।कक्षामा म जस्तै प्रेममा पागल एउटा पागल साथीलाई आफ्नो लभ स्टोरी सुनाउँएर म झन महापागल बन्थे।उसको बारेमा गाउँका साथीहरू लाई फोन गरेर सोध्थेँ ,त्यसका कुरा नगर।त्यसको नयाँ अफएअर चलेकोले उसलाई बिर्सिएर खुरूखुरू पढ्न आग्रह गर्थे।म जो मान्छेको जुन किसिमका कुरा सुन्न चाहन्नथेँ, त्यहि
 कुरा सुन्दै थिएँ।उसको जात मिल्ने नदिपारीको एक नयाँ केटासँग प्रेम छ रे। दशैँ तिहार बिदा पनि भयो। घरतिर गएँ ।उसँग क्लिअर हुने गरी सोध्न थियो।
।थाहा त थियो उसले प्रेम गर्दिन भनेर,तैपनि मनले मान्थेन ।मौला भन्ने ठाउँमा रमिता भइरहेको थियो।उसलाई एकफेर सोध्न को लागि कयौँ पटक आफुतिर बोलाएँ ।बोलाउन पठाएँ।उ आइन ।एकदिन अघि मात्र थाहा पाएर साथी सँग मागेको उसको फोन नम्बर डायल गरेँ उठेन।फेरि गरेँ ब्लायक लिष्टमा नै राखिदिई।साथीहरू भन्न लागे अब बिर्सिनलाई चुरोट खानपर्छ ,खाएँ।बिर्सेन ।भोलि देखि कहिल्यै खाएन।एकछिन पछि उ त ९/१० मा पढ्दाखेरिको छुटिसकेको भनेको पहिलेको प्रेमि सँग थिई ।त्यो केटा मेरो पनि साथी नै थियो जसलाई मेरो प्रेम बारे केहि थाहा थिएन। २ जना अरू साथिहरू ,त्यो केटा सँगै घर फर्किदै थियौँ।त्यो केटा बाटैमा रहेको उसको घरतिर लाग्यो,अरू २ जना उसैलाई कुर्न लागे।म भने सरासर घर फर्किएँ।यो संसारमा के के देख्नुपर्ने रहेछ ,म लाई त्यो दिन निकै हाँसो लागेको थियो। यसरी,उसलाई प्रेम को नक्कल गरेर खेलौना बनाए,तर उसले मेरो साँचो प्रेमलाई खेलौना गराई।
लाग्छ उसलाई मैले सम्झेको पनि छैन बिर्सेको पनि छैन।किन उसका ति गल्तिहरू लाई किन त्यसै माफ गरिदिन्छु।मैले के के देख्न बाँकि छ र? कक्षा आठमा पढ्दा मेरै वेस्टफ्रेण्ड साथी लाई भ्यालेन्टाइन डे मा दिएको लभ लेटर मैले देखे न कि ।नदी पारीका केटाहरूले उसका अंगप्रत्यंग मा रंङ दलेको देखे न कि ।मेरै  अगाडि केटाहरूलाई फोन गर्दै हिँडेको देखे न कि।+२ मा पढ्दाको साथिले उसित कुरा गरेको कल रेकर्ड‌ सुन्न पनि बाँकि छैन।आफ्नै दाइ पर्ने एक जना ले  ऊसलाई आफ्नो भु.पु. हो भनेर नभनेको पनि हैनन्।कतिपय रमिता मा ऊ ब्वाइज सित ओझेल पर्दा  सुरूसुरू घर फर्केर  रूँदै बिस्तारामा सुत्दा ,सपनामा भने ऊ मसँगै हुन्थि।
उसको भट्टिमा दिनहुँ पाक्ने मासु रक्सि र त्यो उपभोग गर्न आउने मानिसहरू जसले उसलाई गिद्वे नजर लगाउने जँड्याहा प्रति म घृणा गर्छु । उ भने मलाई किन मन पर्छ।अझै पनि उसको नाम गरेका केटिहरू निकै प्यारो लाग्छ मलाई।उसले पढेको विषय पनि मन पर्छ।उसको हिँड्ने बाटो प्यारो लाग्छ।उसले प्रेम गरेका थुप्रै प्रेमीहरू नि प्यारो लाग्छन् र ति प्रेमी सँग रमितामा नाच्दा बजाएका गीत हरू नि प्यारो लाग्छन्।उसको कुरा गर्ने मानिसहरू प्यारो लाग्छन्।उ सँग जोडिएर आउने हरेक चिज प्यारो लाग्छन्।दुनियाँ का कुरूप नजर उमाथि पर्छन्,तर खोई किन म उसलाई निश्कलंक,पवित्र देख्छु।यति छोटो समयमा यति धेरै सँग प्रेम गर्न सक्नु उसको क्षमता हो ।जुन क्षमता ईश्वरले सबैलाई प्रदान गरेका छैनन्।हरेक ठाउँमा अनुभवि प्राथमिकता दिइन्छ,यसरी नै उसले गरेका प्रेमका अनुभव लाई नि प्राथमिकता दिइनुपर्छ ।शारीरिक सम्बन्धको आधारमा उसको मुल्यांकन गर्नु त महापाप हो।उसले समाजको तिरस्कार सहेरै भए पनि जानीनजानि कयौँ केटा को लागि शरीर सुम्पिएर शारीरिक आवश्यकता पुरा गरि दिएर कम्ता  पुण्य काम गरेकि छे।उ जत्तिको परोपकारी को हुन सक्छ। उ जस्तो सहयोगी को हुन सक्छ।आफ्नै आँखाले देखेका र समाजले उसलाई लगाएका तिँ  काला दागहरू ,किन सुन्दर कोठि जस्तै लाग्छन् मलाई र लागि नै रहनेछन्।
उसलाई एकचोटि प्रेम गर्छु नभनेको पनि हैन।उसले मुखले स्विकार नगरेकि पनि हैन।तर एउटा साथिलाई सोधेको थिएँ, “म उसलाई बिर्सन के गरू?” साथीले अर्थशास्त्रिय भाषामा भन्यो,”अर्को केटि पट्याएर उसलाई प्रतिस्थापन गर न”।एउटा प्यारको नशा विर्सन अर्को नशा खोज्दै थिएँ।भाद्रतिर एउटा ट्रेनिङमा जाँदा उसकै नाम गरेको एउटा नयाँ केटी साथी बनिन्।केटिको घर दैलेख थियो।फोन हुन्थ्यो।म्यासेज हुन्थ्यो।भेटघाट नि हुन्थ्यो कहिलेकाहीँ।उसलाई नि भनेको थिएँ तेरै नाम गरेको जिवन साथि पाएको छु भनेर,किनकि मलाई उसँग जे कुरा नि सेयर गर्न निकै खुशि लाग्छ।हाम्रो समाजले निकै असल,इमान्दार,शिलवति मान्ने उसकै नाम गरेको केटि थिइन्।दशैँतिहार बिदा भयो।गाउँघरतिर गएँ।अलिक साहस बटुलेको थिएँ।अब मैले पनि नयाँ प्रेमिका पाइसकेको थिएँ।मैले सोच्दै थिएँ,अब त उ मेरो लागि एक बालसखा मात्र हो ।
तर दिमागले सोचेजस्तो हुँदैन रहिछ यो प्रेममा ।अर्थशास्त्र को सिद्वान्त लागू भएन यो प्राकृतिक प्रेममा।सेतो कपडामा लागेको फिक्का रङ लाई अर्को रङ लगाएर मेटाउन सकिन्छ,तर  गाढा कालो रङलाई मेटाउन सकिन्न।
जब उसको घरतिर जाने बाटो तिर लागेँ,मेरो दिमाग शुन्य भयो र मनको वश भयो।जब उसको घरदेखेँ,कताकता मनमा चिसो पस्यो।उसलाई देखेँ ,त्यो चिसोले मुटु काम्यो।उसँग कुरा गरेँ ,मेलाको रोटेपिङ्ग खेलेजस्तो भयो।कुनै प्रेम का कुरा थिएनन्,मात्र सामान्य खबर सोधपुछ थियो।प्रेमका कुरा गरेर हैन,प्रेम गरिने मान्छेसित कुरा गरेर खुशि हुन सकिँदो रहिछ।उसले बाल दिए पनि ,नदिए पनि मेरो मन उसको वशमा थियो।जहाँ  आफुले गरू भनेर गरिएको प्रेमको अस्तित्व थिएन।यसकारण ति साथि लाई मैले फोन गर्न सकेन।उसलाई सत्य भनि दिएँ, तिमिलाई म साँचो प्रेम गर्दैन रहिछु ।म भ्रममा रहिछु।यदि दिमाग लगाएर प्रेम गरिने भए तिम्रो जित हुन्थ्यो,तर प्रेम नितान्त मन को कुरा हो।केटि दुखि थिइन।खुशि नै थिई।म पनि  अरू कसैलाई प्रेम गर्छु,हजुरलाई भन्न डर लागेको थियो।हजुरले नै सजिलो बनाइदिनुभयो ।थ्यांक यूं ल।
यसरी प्रेम मा त असफल भएकै छु म।तर यहाँ कतिपय मेरो प्रेमको विषयमा सल्लाह दिने सल्लाहकारहरू पनि असफल भएका छन्।उसलाई लाग्छ होला म उ सामु सान दिएर हिँड्छु।बोल्दैन ।अनुहार मोड्छु।तर यसो हैन।मलाई उसँग बोल्ने साहस छैन ।उस सित फेस गर्ने साहस छैन।आँखा टिल्पिल्याउन अनि खुट्टा लडमडाउन थाल्छन्।सयौँ मानिसको अगाडि आफ्नो बोल्न सक्छु तर उ सँग बोल्न थालेपछि जिब्रो अकमकिन्छ।।
थाहा छैन उसलाई बिर्सनको लागि पनि कतिचोटि सम्झिनुपर्ने हो।आफ्नो कुरा केहि थाहा नपाएपनि उसको प्राय: कुरा भने थाहा नै छ।म वर्षौँ लगाएर जित्न नसकेको उसको मन ,केटाहरू ले मिनेट मा उसको प्रेमी बन्दा मलाई उदेखि रिस उठछ।स्वार्थ लुटछनजोडि छुट्थ्यो म त्यो कुरा बिर्सिदिन्थे।यसमा उसको के दोष विचरी सोच्थेँ।उसँग नजिकिन्थेँ हर्दम कोसिस गर्थेँ।तर उ अर्को अफेयर सुरू गरिहाल्थि ,फेरि छुट्थ्यो ।म उसलाई पवित्र नै देख्थेँ ,कहिल्यै नराम्रो तरिाकले हेर्थेन।