गृहमन्त्रीले भने : एमसीसी संसदबाट पास हुन्छ
सुर्खेत
गृहमन्त्री रामबहादुर थापाले मिलिनियम च्यालेन्ज कर्पोशन (एमसीसी) को केही बुँदाहरु संशोधन सहित संसदबाट पास हुने बताएका छन् ।
‘देशको सार्वभौमिकता र स्वतन्त्रतासँग सरकार गम्भीर छ’ प्रदेशस्तरिय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न सुर्खेत आएका थापाले सञ्चारकर्मीसँग भने ‘नेपालको हितका लागि एमसीसीका केही बुद्धाहरु संशोधन गरेरमात्रै संसदले पास गर्नुपर्दछ ।’

एमसीसीमा भएका केही बुद्धाहरुले राष्ट्रियता र सार्वभौमिकतामा प्रश्न उब्जाएको उल्लेख गर्दै गृहमन्त्री थापाले नेपालको हितमा हुनेगरी संशोधनसहित संसदले पारित गर्नुपर्ने बताए ।
‘तत्कालिन काँग्रेस नेतृत्वको सरकारले पूर्वाधारका लागि ५५ अर्बभन्दा बढी रकम ल्याउने सम्झौता भएको हो’, थापाले भने ‘तर एमसीसीका केही प्राबधानहरु हेरफेर गरेर संसदबाट पास गर्नुपर्छद ।’ एमसीसीलाई संसदले नै पास गर्नैपर्ने कारण के हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा थापाले सम्झौता हुँदा नै अमेरिकी र नेपालको संसदबाट एमसीसीलाइ पास गर्नुपर्ने उल्लेख गरिएको बताए ।
‘सम्झौता अनुसार नेपालले मात्रै होइन, अमेरिकी संसदले पनि एमसीसीलाई पास गर्नुपर्छ’ थापाले भने ‘एमसीसीलाई कसरी नेपालको हित अनुकुल बनाउन सकिन्छ भनेर छलफल भइरहेको छ, केही प्रावधान हेरफेर गरेर संसदबाट पास हुनेछ ।’
विप्लव कमजोर भइसक्यो
यस्तै गृहमन्त्री थापाले नेतृविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा कमजोर भइसकेको बताए । ‘विखण्डनकारी शक्तिलाई सरकारले निस्तेज पार्दै गएको छ’ थापाले भने ‘विप्लव पहिलेको जस्तौ छैन, अहिले निकै कमजोर भइसकेको छ ।’
प्रहरीको सक्रियताले कार्यकर्ताहरु निरन्तर परिरहेको बताउँदै थापाले वार्ताबाट पनि विप्लवलाई शान्ति प्रक्रियामा ल्याउने बताए । यस्तै भारतले मिचेको नेपाली भूभागलाई सरकारले कूटनीतिक तरिकाले हल गर्ने प्रयास गरिरहेको समेत बताए ।






