पृथ्वीनारायण शाह
पृथ्वीनाराण शाह एकीकृत नेपालको मियो हुन् । इतिहास, समाज, समय र इतिहासकारका सहयोगबाट शाह पढ्न र पढाउन सकिन्छ । उनका जीवन कामका मालाहरुबाट शाहमा पस्न सकिन्छ । अहिलेका युगका हामी अर्थात धेरै अनुभव पाएकाको र नपाएकाको दर्शनले दिएको योगदानका प्रमाणको अनुसन्धान र तत्कालीन धारणाहरुका माध्यमबाट पृथ्वीनारायणमा पुग्न सकिन्छ ।

मानव सभ्यताको इतिहासका प्रारम्भदेखि अहिलेसम्म नेपाल कसैको हलि बनेन जबकि अहिले यस समयमा शक्तिशाली ठानिएका देशवासीहरु त्यसबेला हलि, गोठाला, कमैया र दास थिए । दक्षिण एसियाका देशमै नेपाल जेठो देश हो । सर्वशक्तिशाली अहिलेको अमेरिका त त्यसबेला देशै थिएन । विश्वको पहिलो धर्म ग्रन्थ चारवेदको अथर्ववेदको परिशिष्टमै नेपाल शब्द उल्लेख भइसकेको छ । त्यो नेपालको अर्थको गइराइमा प्राज्ञिक श्रेष्ठता र उच्च सँस्कृति हुनुपर्छ । यसअघि वाल्मिकीले रामायण नेपालमै लेखेका थिए भन्छन् । आजको देशमा राजनीति, अर्थशास्त्र, सँस्कृति, भूगोल, राज्य, न्यायव्यवस्था र जनताको आधारमा मूल्याङ्कन गरिन्छ । पृथ्वीनारायणको पालामा जनता अशिक्षाको बादलको काग थियो, विकसित यातायात थिएन, हो आजको जस्तो भूमण्डलीकरण थिएन तर इस्ट–इन्डिया कम्पनी भएर क्रमिक उपनिवेशको कालो छायायतातिर लाग्दै थियो ।
पृथ्वीनारायण शाहलाई खोज्दा
पृथ्वीनारायणका पालामा भारतको मुगल सम्राज्य पतनको क्रममा क्रममा मात्रै थिएन, अंग्रेजले विहार र उडिसामा व्यापारिक वाहानामा हात लिइसकेको थियो । वैदिक इतिहास, वाल्मिकी साहित्यको पृष्ठाधार बनिसकेको नेपालमा छयालीसभन्दा बढी भुरेटाकुरे राजा थिए । राजतन्त्रले व्यक्तिगत सम्पत्ती स्वरुप ग्रहण गरेको थियो । यसअघि सिजा सम्राज्यले नेपालको एकीकृत रुप निमार्ण गर्ने प्रयास भने नगरेको हैन । त्यसबेलाका शक्तिशनली राजा जयप्रकाश मल्ललाई गोर्खालीतिर लाग्नुभन्दा इसाईतिर मुख जोड्नु निको लागेको थियो । कुपन्डोलका जनताले थापाथली आउँदा जगात तिर्नु पथ्र्यो र भक्तपुर मै जगाते छ । अपठित पृथ्वीनारायणले गोर्खाराज्य टाढाको अघिको खस सम्राज्यका शासनस्रोतहरु ग्रहण गर्नुले पृथ्वीनारायणलाई अधिनायकवादी भन्नु आफ्नै खुट्टामा आफै बन्चरो हान्नु हो । उनलाई राष्ट्रपहिचान मै नेपाली पहिचान हुन्छ भन्ने धारणाले घर गरेको हुनुपर्छ । हाम्रोजस्तो देशका नागरिकको नेपाली पहिचान जोगाउने सबैभन्दा कठिनता इतिहासकै सार बनेको छ । सर्वश्रेष्ठ, सुदीर्घ, स्वतन्त्र, गरिमा र महिमा सम्पन्न नेपालको पहिचानको लडाइँमा पृथ्वीनारायण प्रेरक, पात्र, स्रोत नेपाली ऐतिहासिक प्रतिनिधि चरित्र हुन् । ठकुरी वंशले अन्य वंशको विनाश ग¥यो भन्ने कुतर्क, विभ्रम र निराधारहरु हुन् ।
केहीले पृथ्वीनारायणलाई खलनायक मान्दै होलान् त्यो मिथ्या हो । पृथ्वीनारायणको उपत्यका विजय अभियान सकिएयता नुवाकोटमा तीनदिने समीक्षा बैठकमा प्रस्तुत दिव्यापदेश पढेमा पृथ्वीनारायण सहजै बुझिन्छ । ठकुरीलाई डिट्ठा र मगरलाई विचारी, बाउनलाई शास्त्री बनाउन र पञ्चखतभन्दा अरु सबै अदालत वा कचहरीबाट निराकरण गर्नु भन्ने उपदेश स्वयम्मा कारागार हुनुपर्छ ।
एक्लै पृथ्वीनारायणले नेपालको जग बसाए भन्ने कुरा शतप्रतिशत नहोला । इमान, श्रम र विद्यापूर्ण गोर्खाली जनता, तिनले उठाएको दैदस्त्तुर र विशे नगर्चीजस्तोको साथबिना दूरगामी महाअभियानको सफलताको कल्पना गर्न सकिँदैन तर पनि उदयानन्द अज्र्यालले पृथ्वीचन्द्रोदय महाकाव्यद्वारा पृथ्वीनारायणलाई मूल्याङ्कन गरिरहँदा माधव घिमिरेले राष्ट्रनायकका नाउँमा खण्डकाव्यले अभिनन्दन प्रशंसा र स्वागत गरे । धेरै नेपाली कवि कलाकारद्धारा पृथ्वीनारायणलाई प्रेरक प्रसङ्गका रुपमा राखेका छन् । अचेलका पत्रपत्रिका हुँदै पृथ्वीनारायण पस्किएका छन् । पृथ्वीनारायण आधुनिक नेपाली सभ्यताका व्याकरण हुन् ।
नेपाली सेना राष्ट्र निमार्णकै हृदयबाट चलेको लाग्दा गोर्खाली सेना पृथ्वीनारायणकै खटनपटनबाट चलेको, सिकेको, बढेको नेपाली सेनाको आरम्भ संस्था हो । गोर्खा सेनाको बहादुरी र इमानले विश्व जितेको छ र गोर्खा सेना देख्दा विश्व कामेको छ । विषम परिस्थितिमा दूरदर्शिताको प्रयोग गरेर सफलताको पृथ्वीनारायण उच्च सगरमाथा चुमेर हामी नेपाली भनेर गर्व गछौँ । नुवाकोटको हारबाट पृथ्वीनारायणले हतियार चाहिन्छ भन्ने सिकेर आफै भारतबाट तालिमे सहित लिएर आए । बिना हतियार युद्धविज्ञानको सफल परीक्षण हुन्न भन्ने धारणा बन्योे होला । फिरङ्गीले नेपाल विगार्छ भन्ने पृथ्वीको धारणा थियो र फिरङ्गीको कप्तान किनलेकको नेतृत्वमा आएको फौजलाई गोर्खाली सेनाले सिन्धुलीगढीमा पराजित ग¥यो । फिरङ्गीले काठमाडौँ छिर्ने प्रयास असफल भयो । युद्धकला, कुटनीति, संगठन पृथ्वीनारायणका राजनीतिहरु हुन् । युद्धबाट कम क्षतिको सिद्धान्त पृथ्वीनारायणको थियो भने पर्सादेखि महोत्तरीको गुमेको भूभागको फिर्ता कुटनीतिको सफलता थियो । हुन सक्छ आजको लोकतन्त्रको परिभाषामा पृथ्वीनारायण छायाँमा पर्लान तर नागरिकको समर्थनविना राजा अर्थहीन बन्दैन भन्ने पूरा हेक्का थियो – पृथ्वीनारायणमा र त केही अधिकार जनकचहरीलाई छाडेका छन् दिव्योदेश मार्फत । जीवनको अन्त्यतिर राज्य छोराहरुलाई वटबारा लगाएन्न, गोर्खाका भारदार र परिवारबाट चले । यही हो राष्ट्रको अखण्डाता जोगाउने यथार्थ मार्गचित्र ।
पृथ्वीनारायण शाह छुपेको लाग्छ तर नेपाल मनमनमा छन् माटो, पानी, जंगलमा पाइन्छन् र कहिल्यै ननिभ्ने भावज्वाला शनेका छन् । नेपाली भाषा, धर्म र सँस्कृतिको उनी र उनीसँग निस्वार्थ लडेका विभूतिहरुको कडा परिश्रमको कमाइ हो । पृथ्वीनारायण विश्वमा छितरिएका जनताको मनमा जीवन्त छन् । नेपाली भावनाका मूलस्रोत पृथ्वीनारायण नरहरिनाथ, बाबुराम आचार्य, किनलेक, डिल्लीरमण रेग्मी, पुष्पलाल जस्ता चरित्रद्धारा मूल्याङ्कनमा छन् । योगीले दिव्योपदेशलाई पृथ्वीनारायणको मूलभुत सिद्धान्त हो भनेका छन् । यावत काम कुराको पृथ्वीनारायणको पछिल्लो समीक्षा विषय बनेको छ । ठूला सानाले नेपाललाई फुलबारी मान्नु, भोगविलासमा नलाग्नु, आपस्तमा मिल्नु, अतिसम्वेदनशील भई राज्य गर्नु, मुलुकमा अन्याय हुन नदिनु, घुस खाने र खुवाउने राज्यका महाशत्रु हुन भन्ने पृथ्वीनारायका अनुभवहरु कालजयी भएर आज पनि बाँचेका छन् । अचेलको नेपालले दिव्योदेश, पृथ्वीनारायण र आफ्ना पुर्खा दूरदृष्टिहरु बिर्सिदै आएको लाग्छ र सवभन्दा पहिले त राणाले बिर्से, शाहकै वंशज त्रिभुवनहरुले बिर्सेर विदेशमा ढुकुटी सारे । बहादुर शाहले मात्र पृथ्वीनारायणको भावलाई पक्रिए । नेपालका मूल पुरुष, कुल पुरुष र महान पुरुषको भावना बोक्नुको विकल्प छैन् ।
संगातिले पृथ्वीनारायण उदार र दयालु देख्थे । फिरङ्गी खुबियाले डरलाग्दो देख्थ्यो । ठिक निर्णय गर्न सक्ने, ठूलो साहसी र सर्वदा कर्तव्य व्यस्त । विदेशीप्रति कुनै पनि विश्वास नभएको, एकीकरणविरोधीप्रति अनुदार देखिन्थे । रेग्मीले पृथ्वीनारायणको हृदय देशभक्तिमा चुर्लमै डुबेको, विजय लक्ष्य भएको, योद्धा, संगठनकर्ता र सेनापति सबै गुण सम्पन्न पाए । प्रसिद्ध इतिहारकार इमानसिँह चम्जोङ्ले पृथ्वीनारायणमा कुटनीतिक रणकौशल पाए भने हेनरी किसिन्जरले वर्तमान कालीन चीनको समेत सीमारक्षा गरेका तत्कालीन सिन्धुली तथा अन्य बेलायतीसँगको युद्ध विजय नगरेको भए नेपाल र तिब्वत यस रुपमा रहने थिएन भन्ने निष्कर्ष धेरै यता निकाले । कर्कपेट्रिकले पृथ्वीनारायणलाई कीर्तिपुरेको सत्रधार्नी नाक काटेको कुतथ्य पाए र सारै आना भ्रम लेखे । तत्कालीन यद्धमा कालुपाण्डे मरे, भाई सुरसेनको आँखा फुट्यो ।
स्वाधीन नेपाल कसरी भयो ? यसको पृथ्वीनारायण महानायक हुन्, पाण्डे, वस्न्यात लगायत रैतिहरु महान हुन् । त्यसबेलाको नेपाल राष्ट्रविकास हैन्, राष्ट्रएकीकरणको राष्ट्र निमार्ण हो । नेपाली बृहत् शब्दकोशका अनुसार राष्ट्र भनेको जनता, सरकार र सार्वभौम सत्तासम्पन्न भएको कुनै देश, मुलुक हो । राष्ट्रका प्रमुख नेता राष्ट्र नायक र नयाँ राष्ट्र बनाउने राष्ट्र निर्माता हो । यति मात्रै हैन, भाषा, सँस्कृति, लोकवार्ता, नीति, प्रशासन, विकासयोजना, शान्ति सुरक्षा बनाउने पनि राष्ट्र निर्माण हो । हा,े पृथ्वीनारायण हिन्दू चिन्तन प्रधान नायक हुन् । तर, बनारसबाटै उनले मुसलमान लडाकु ल्याएर योद्धा बनाएर धर्मावलम्बीप्रति नकारात्मक धारणा राखेनन्, क्रिस्चियनप्रति नरमै थिए तर जब इसाइले जयप्रकाशलाई उकासे पृथ्वीनारायणले ईसाइ धर्मप्रचारक पादरीहरुलाई लखेटे र तिनको चर्चलाई घोडातबेला बनाए । स्वदेशी भाषा, साहित्य, कला, सँस्कृतिको उत्पादनलाई प्रोत्साहन दिएको कुरा पुष्टी, मैथली भाषाको सनदपन्त्र तथा कान्तिपुरको विजय लगतै कुमारीको खुट्टा ढोग्नु नेवारी सँस्कृतिको सम्मान थियो । बाँचुन्जेल पृथ्वीनारायण शाह कुमारीको पुजामा प्रतिवर्ष गए आफ्ना वंशजलाई जान लगाए । तीनै शहर नेवारहरुको नाच झिकाई पैसा दिया पनि आफ्नै देशमा रहन्छ भन्ने थियो । विदेशी महाजन हाम्रो देशमा आया देश कङ्गाल हुन्छ भन्ने भनाइले पृथ्वीनारायण दूरद्रष्टा थिए भन्ने प्रमाण जुट्छ । उनले विदेशी कपडालाई भन्दा स्वदेशीलाई जोड दिन्थे सीपलाई र सीपालुलाई सघाउने । पृथ्वीनारायणको एकीकरणपछि अमेरिकी स्वतन्त्र भयो नेपाल एकीकरणको झण्डै सातदशकपछि विस्मार्कले जर्मनीलाई एकीकरण गरे । गैरीवाल्डीले इटालीको एकीकरण पृथ्वीनारायणको सिको गरे । जर्मनी र इटालीमा नेपालको जस्तो पृथ्वीनारायणलाई नकारात्मक पारामा हेरिन्न । सिंजा सम्राज्यका शक्तिशाली मल्ल राजा, आफ्नै राम शाह र जयस्थिति मल्ल, चिनिया सम्राट शी हैन शाङबाट पृथ्वीनारायण अभिप्रेरित हुन सक्छन् । तर, तत्कालीन कमजोर बाइसेचौबीसेका रैतिहरुको असहजता कठिनता , भय र शन्त्रासले अनि फिरङ्गीको धर्म प्रचारको रणनीतिजस्ता वस्तुगत कारणले युवा पृथ्वीनारायणलाई बीस वर्षको उमेरमा कान्तिपुरशासित नुवाकाट हान्न लगाएको हुनुपर्छ । पहिलो हारले उनलाई सेना चाहिन्छ, त्यही एकीकरण आधार हो भन्ने पाठ सिकाएको हुनुपर्छ ।
शाहले एक ठाउँमा ईश्वर दिए भने आफूलाई पनि बाह्र हजारको रीतिथिति बाधिजाउँला भन्ने लागेको थियो तर विफरले बाउन्नै वर्षको उमेरमा नुवाकोट रहँदा ज्यान खायो । गुरुङ र मगरको भिन्नै गोर्खाली सेनाको शाखा, अदालतको पैसा राज्यमा नमिसाउन उपदेश दिनू, खानीमा बस्ति नबसाल्नू, खेतिखलियानमा घर नबनाउनुजस्ता उपदेश समकालीन समयमा पनि शाह आफैले अपनाय । समय, समाज र गति परिवर्तन भइरहँदा मानवहरु बदलिन्छन् । अहिलेको आयातीत समावेशी राजनीतिभन्दा शाहकालीन समावेशी कम थिएन । राजाले चाहेको विराज बखेतीलाई काजी नबनाएरभारदार–जनताले चाहेको पढेको कालु पाण्डेलाई काजीमा नियुक्ति गर्नु प्रजातन्त्रप्रेमीको जब्बर उदाहरण बन्दैन र ! यहाँबाट शाह भौतिक, मानसिक एकीकरणका महानायक हुन्, क्रुर, निरंकुश र लालची हैनन् । आफ्ना पुर्खाको बिम्ब बचाउने काम, नीति र भावनालाई असली खनातीहरुले समयमै चिनौँ । महान तथा गौरवपूर्ण पाखुरीलाई छानौँ ।
यसरी पनि पृथ्वीनारायणलाई चिन्न सकिन्छ ः सेनकालीन राजा मुकुन्दसेनले राष्ट्र विस्तार गरे तर मृत्यपर्यन्त विशाल राज्य आ–आफ्ना छोरालाई घरजग्गाजस्तै राज्य टुक्रा टुक्रा पारेर गए । साहसी र दूरदर्शी राजा शाहबाट महत्त्वपूर्ण नेपाल खाल्डोलाई कसरी निस्तेज बनाए रणनीत बुझ्यौ । सबै सबैले शाहलाई अँध्यारो देख्दैनन् । नेपाली सेनाले गढी, किल्ला, थुम, ठानाका फूलहरु उनेर वीरताको गाथाको पदमार्ग विकास गर्दैछ । इतिहासका कथा र विरताका गाथाले पूर्वपश्चिम खोल्दैछ । आत्मवलिदानको दीर्घकालीन दृष्टान्त नेपाली सेनाका श्रीनाथ, कालीवक्स, पुरानो गोरखा, बर्दबहादुर र सवुज गण सहभागिता जनाउँदैछ ।
तत्कालीन समयमा राज्यका लडाइँ, हारजित, अस्थिरता, तनाव, अपमान स्वयम् शाहले आफ्नै ससुराली मकवानपुरबाट भोगेर यस प्रकारको डेढ हजार वर्से नियतीलाई शाहले बदल्ने सोचेको हुनुपर्छ । गोर्खा त्यसबेला पश्चिमका पर्वत, प्युठान, सल्यान र जाजरकोटभन्दा तन्नम थियो र निर्धो थियो । अभावग्रस्त थियो । जनता युद्धका बेला लड्थे अघिपछि गृहकाममा ।
समकालीन नेपाली सन्दर्भमा पृथ्वीनारायणप्रति नकरात्मकत्रम– सकरात्मक बढी मानमा मूल्याङ्कन भइरहेको छ । रमेशपण्डेले राष्ट्रिय पहिचानका प्रणेताका रुपमा शाहलाई भेटे । राज्यमन्त्री रामवीर मानन्धरका विचार पृथ्वीनारायणले नेपाललाई बनाएर हामी नेपाली भएका हौँ । यादव देवकोटाले पृथ्वीनारायणलाई यथार्थमा पढ्न सझाएका छन् । बाबुरामलाई पृथ्वीनारायणको देवत्वकरण ठिक लाग्दैन । शिवशंकर यादवलाई पृथ्वीनारायण शाह नेपाल राष्ट्रका धरोहर हुनुमा दुई मत छैन । उनी राष्ट्रप्रेमी नेपालको मनमनमा बसेका छन् । तर, पृथ्वीनारायण आफ्नै देशबासीमा बस्न सकेका छैनन् । जसरी राम सम्पूर्ण हिन्दूहरुमा र बुद्ध, जनक नेपालीका मनमा बस्न सकेका छन् । भारतमा भरत, चन्द्रगुप्त र अशोकको जन्मोत्सव मनाइदैन । पृथ्वीनारायणको पालामा जस्तो जनता–जनताबीच आक्रोश, लुट, धार्मिक, जातीय उत्पीडन त्यति बेजोड ऐतिहासिक नायकका पालामा थिएन । जैनेन्द्र जीवनका लागि पृथ्वीनारायण युद्ध उन्मादी सामन्त र साम्राज्यवाली थिए तर तिनी नभए आज नेपाल हुन्नथ्यो । आज तिनैको डिसओन भएको छ । शाहबारे तीन कथ्य छन् ः एक सधैँ लडिरहने राज्यलाई जितेर वा मिलाएर बाध्य पारी एकीकरण गरी दिगो नेपाल बनाए र अनेकन थिति बाँधेर राष्ट्र निमार्णको जग बसाले, दुई उनी उन्मादी सामन्त हुन् र क्रुरतापूर्वक गोर्खा राज्यमा मिसाए, तीन भौगोलिक एकीकरण मात्र गरे भावनात्मक गरेनन् । मेरा साना दुःख आज्र्याको मुलुक हैन, सब जातको फूलबारी हो, सबैलाई चेतना भया । पृथ्वीनारायणले गोर्खा राज्य भन्ने नेपाल राज्य, नेपाली भाषा, नेपाली सँस्कृति भन्ने, तत्कालीन नेपालले चिनिने काठमाडौँमा राजधानी बनाए । उनको मिसन एकीकरण थियो सँस्कृतिक अतिक्रमण हैन । उनी लक्ष्य र उद्देश्यमा स्पष्ट र दृढ थिए । राजाले विलासी जीवन बिताएनन् । धर्मका कारण बाउन वाहेक अरु सबैला सेना बनाए । दीर्घराज प्रसाईँका लागि शाहको नेतृत्वमा चन्द्रसूर्य झण्डा फहराएर हिमवत्खण्डको अस्मिता र मौलिकता जीवन्त रहेको हो । नेपाललाई बुझ्न शाहका त्याग, तपस्या र योगदान जान्नपर्छ । उनले ५४ जति हिन्दू राज्य एकीकरण गरे । विभिन्न जातजाती, धर्म, भेषभूषामा विभाजित जनतालाई अनेकतामा एकता थपे । पृथ्वीको जन्म हुनु नेपालको भाग्य हो । उनको दिव्योपदेश आज पनि सान्दर्भिक छ । आज हामी विश्वसामु गौरव गरी उभिएका छौँ । आफुले विजय गरेका राज्यका जनताको संरक्षण गर्नु उनको नीति थियो । शाहले गोर्खा भन्नु र नेपाल भन्नु उनै गोरखनाथ हुन् । फिरंगी भनेका ब्वाँसा हुन् , जयप्रकाशले यो मुलुक खाया पनि मैले खाया पनि उस्तै कुरा हो तर फिरंगी खानू अर्कै हो ।
विपिन अधिकारीका अनुसार दिव्यापदेशलाई मूल नीति मान्दै शाहले आफ्नो तत्कालीन परिप्रेक्ष्यमा उपयुक्त हुने राष्ट्रिय दृष्टिकोण, क्षमता तथा रणनीतिका आधारमा राष्ट्र निमार्णका प्रक्रिया थालेका हुन् । सोही अनुसार सैन्य पक्ष, अर्थतन्त्र, समाज र राजनीति बनाएका छन् । यसै सन्दर्भमा न्याय प्रणाली पनि उभिएको छ । न्यायको अन्तिम जिम्मा राजाकै हुन्थ्यो । उप्रान्त राजा राम शाहले बाँध्याको थिति पनि हेरिसक्याँ, जयस्थितिले बाँध्याको थिति पनि हेरिसक्याँ, राजा महिन्द्र मल्लको पनि ईश्वरले दियो भन्या म पनि यस्ता बन्देजको बाह्र हजार थिति बाँधी जस्ता भन्या अविलाषा थियो । अदालतका पैसा दरबारभित्र नहाल्नु भनेका छन् ।
माधव घिमिरेले पृथ्वीनारायणको सोचलाई यसरी प्रस्तुत गरेका छन् ः
खेलेर ऐल्हा मृग एक मारी ।
बाँडी कलेजो जति छन् सिकारी ।।
बिलो लिएझैं शहरमा उनेर ।
यो राज्य बाँड्ने चिज हैन हेर ।
( राष्ट्रनिर्माता खण्डकाव्यबाट )
रमेश पौडेल लेख्छन् ः राष्ट्रिय स्वामित्व नै व्यक्ति महिचानको मूल आधार हो । भूमण्डलीकरणले देशभक्तलाई पुनर्परिभाषित गर्ने खोजेको छ र साना गरिब राष्ट्रलाई घटिया बनाउन खोज्दै छ । सामाजिक सञ्जालले जोखिममा पार्दै छ । नेपालको प्रमुख एजेन्डा संरक्षणमा हुनुपर्छ । पहिचानको अर्थ आफ्नो जरा चिन्नु हो, रक्षा गर्नु हो । पृथ्वीनारायण नेपालीले नेपाल बनाए, गौरवान्वित गराए, नेपाली सनातनी पहिचान गराएको अमेरिकासँग दौत्य सम्बन्ध गसाँएका छन् । उनी दूरदर्शी भएकाले नै विभाजित तत्कालीन दक्षिण एसियाको नाजुक अवस्था देखे । त्यतिबेला भावनात्मक एकता पनि गरे । अहिले राष्ट्रिय एकता बनाउने कमजोर बनाउने प्रयास भइ आएको छ । शाहले नेपालीलाई एकतावद्धबनाए ।
हे वीर मित्र त भयौँ वर स्वर्गमहाँ
आया लिनाकन सँगै भनि भूप तहाँ
वर्अकमालि गरि मुख् भरि स्वर्ण ताँहाँ
माला ध्वजा चिहान् मुखपट्टि ताँहाँ
(पृथ्वीचन्द्रोदय महाकाव्य, २०६८ः ९३)
प्रस्तुत श्लोकले पृथ्वीनारायणले युद्ध लड्दालड्दै मरेकालाई साथी हो राम्ररी लड्यौ, स्वर्गमा गयौँ भन्दै मुख भर पञ्चरत्न हालिमाला लगाई, झण्डा गाडी, चिहानमा मुखमा भट्टी हालिदिनाले पृथ्वीनारायणको व्यवहार प्रष्ट गर्छ । यसैगरी नेपाली साहित्यका प्राथमिक कालीन कविहरु पनि पृथ्वी नारायणको प्रशंसाका रचनाहरु गरेका छन् ।
निष्कर्ष
हिन्दू धर्मावलम्बी पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा खेलेको योगदान नै आजको नेपाल देश हो । यसअघि पनि चिनिएको नेपाल पृथ्वीनारायणका पालामा छिन्नभिन्न थियो र नेपालीले नेपालीलाई सखाप पार्ने, खाने, बाड्ने जनतालाई दुःख मात्रै दिने स्थिति एकातिर थियो भने अर्कोतिर अंगे्रज सम्राज्यले नेपाली कमजोर स्थितिलाई राम्ररी बुझेको थियो । यही भएर चीनमा विस्तार गर्ने रणनीति लिइरहेको बेला नेपाललाई भौगोलिक र भावनात्मक रुपमा एकीकरण गरेका छन् । उनी दूरदृष्टिवाला अभियान्ता थिए भन्ने कुरा बझ्नु पर्छ । यद्यपि युद्धका समयमा कमिकजोरी हुन सक्छन् । त्यसकारण पृथ्वीनारायण नेपालका प्रणेता, महानायक स्वपहिचान हुन तुलनात्मक रुपमा नेपालीका भूगोल र भावनाका प्रेरक प्रसङ्ग हुन ।
ओखती मासिकको बर्ष १ अंक ४ मा प्रकाशित






