Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

सभामुखमा सापकोटा निर्विरोध चयन

सुर्खेत ।

प्रतिनिधिसभाको सभामुखमा पदमा अग्निप्रसाद सापकोटा निर्विरोध  चयन   भएका छन् ।
आइतबार (आज) बसेको संसद बैठकमा सत्तारुढ नेपाल कम्युष्ट पार्टी (नकपा) का स्थायी समिति सदस्य अग्नीप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेको हुँदा बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि प्रतिनिधि सभामा सभामुखको हैसियतमा रहेका जेष्ठ सदस्य महन्थ ठाकुरले उनलाई निर्विरोध चयन भएको घोषणा गरेका हुन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभाको सभामुखमा आफूहरुले उपयुक्त पात्र चयन गरेको दावी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसद अग्निप्रसाद सापकोटाको नाम सभामुखमा प्रस्ताव गर्दै उनले आफूहरुको चयन उपयुक्त भएको देखिइसकेको बताए ।

‘हाम्रो चयन उपयुक्त रहेछ भन्ने निश्कर्ष आइसकेको छ, यो संसदका कसैले पनि उनको विकल्पमा अर्को प्रस्ताव सारेका छैनन’ उनले भने ।
सापकोटा लामो समयदेखि संसदीय प्रक्रियामा सहभागी रहेको र राजनीतिमा आउनुअघि कुशल शिक्षक रहेकाले सभामुखका लागि उनी उपयुक्त रहेको नेम्वाङले बताए । ‘लामो समयदेखि यो क्षेत्रमा क्रियाशील हुनुहुन्छ, आफ्नो यो भन्दा अगाडिको जीवनकालमा राम्रो मेहनती शिक्षकको रुपमा क्रियाशील रहनुभएको हो । यी सबै पृष्ठभूमिलाई ध्यान दिएर माननीय अग्निप्रसाद सापकोटाबाट प्रतिनिधिसभाले निर्वाह गर्नुपर्ने भूमिका बहन हुन्छ भने आशा लिएको छु’ उनले भने ।

सापकोटालाई सभामुख बनाइयोस् भन्ने नेम्वाङको प्रस्तावलाई नेकपा सांसद देवप्रसाद गुरुङ, ओनसरी घर्ती र राजपा सांसद लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए ।

उपसभामुखका लागि बार्गेनिङ गरेका छैनौ – कांग्रेस

प्रमुख विपक्षी नेपाली कांग्रेसले उपसभामुख पद माग्न कमण्डलु लिएर संसदमा प्रस्तुत नभएको बताएको छ ।
सभामुख निर्वाचनका लागि आइतबार (आज) बोलाइएको संसद बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले सभामुखमा उम्मेदवारी नदिने निर्णय जानकारी गराए ।

बाहिर यसको अपब्याख्या भएको भन्दै उनले भने, कांग्रेसले उपसभामुखका लागि बागेनिङ गर्न उम्मेदवारी दिएन भनियो । तर उपसभामुखका लागि हामीसँग मत पनि छैन, कमण्डलु लिएर आएका पनि छैनौं ।’
सांसद रिजालले उपसभामुख कताबाट छान्दा सत्तालाई सजिलो पर्छ भनेर सभामुख र उपसभामुख फरक दलको हुने व्यवस्था संविधानमा नराखिएको बताए ।