Loading... आजः १९ बैशाख २०८३, शनिबार । Saturday 2nd May 2026
ताजा खबर
  

संसदको अवरोध हट्यो, निर्वाचन सम्बन्धी विधेयक पेश

२४ पुस, काठमाडौं ।
सर्वोच्च अदालतको आदेशपछि व्यवस्थापिका संसदको अवरोध हटेको छ । आइतबार बसेको संसदको बैठकमा एमालेसहितका विपक्षी दलका सांसदहरुले अवरोध गरेनन् ।

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध विपक्षी दलले संसद बैठक अवरुद्ध पार्दै आएका थिए ।

आइतबार संसद सुचारु भएपछि गृहमन्त्री बिमलेन्द्र निधिको तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले स्थानीय तह निर्वाचन विधेयक पेश गरेका छन् ।