Loading... आजः १५ बैशाख २०८३, मंगलवार । Tuesday 28th April 2026
ताजा खबर
  

गजल मञ्चको तेस्रो अधिवेशन सम्पन्न : दोस्रो कार्यकालका लागि अध्यक्षमा अधिकारी

सुर्खेत, ७ माघ । मध्यपश्चिमाञ्चल गजल मञ्च सुर्खेतको दोस्रो कार्यकालका लागि खगेन्द्र अधिकारी ‘अमृत’ अध्यक्ष चयन हुनुभएको छ । शनिवार वीरेन्द्रनगरमा भएको सम्पन्न भएको तेस्रो केन्द्रिय अधिवेशनबाट ‘अमृत’ अध्यक्षतामा चयन हुनुभएको हो ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरु

मञ्चको उपाध्यक्षमा सरस्वति पन्त र सन्देश कठायत, महा–सचिवमा पहल ‘असिम’ थापा, सचिवमा कृष्ण विरही जलन, कोषाध्यक्षमा खगेन्द्र अटल चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा लिला पोखरेल, बखत विसी र तेज विक्रम केसी चयन हुनुभएको छ । मञ्चको विधान अनुसार भने, दुई सदस्यिय कार्य समितिले मनोनित गर्ने प्रावधान अनुसार पछि मनोनयन गर्ने संस्थाका उपाध्यक्ष सन्देश कठायतले बताउनु भयो । कार्यक्रममा समालोचक डा. दिपक गौतमले गजल मञ्चले मध्यपश्चिमको पहिचान देशभर फैलाउनका लागि आगामि दिनमा आफ्नो कार्य अगाडि बढाउने विश्वास व्यक्त गर्नु भयो । डा. गौतमले गजल मञ्चले स्थापना गर्न लागेको अक्षय कोषलाई पाँच हजार पाँच सय रुपयाँ समेत प्रदान गर्ने घोषणा समेत गर्नुभएको छ ।

पत्रकार महासंघका अध्यक्ष गणेशकञ्चन भारतीले साहित्य र पत्रकारिता एक अर्काका परिपुरक भएको भन्दै साहित्यकारहरुलाई पनि समाज परिवतर्नका लागि अग्रसर हुन आग्रह गर्नुभयो । उहाँले जिल्लामा रहेका साहित्यिक संघसंगठनहरु मध्य गजल मञ्च क्रियाशील संस्थाको रुपमा परिचित रहेको बताउनु भयो ।
संस्थाका कोषाध्यक्ष खगेन्द्र अटलले आर्थिक प्रतिवेदन र अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कला, संस्कृति संरक्षण प्रतिष्ठान सुर्खेतका कलाकारहरुले अधिवेशनको उद्घाटन कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

अधिवेशनको अवसरमा ६१ जना आजिवन सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । प्रगतिशिल लेखक संघका अध्यक्ष हरिलाल महतारा, साहित्यकार ऋषि शर्मा सुदामा, महेन्द्र चन्द महासागर, पुष्प आचार्य पीडित, यूवराज संगम, कपिल आचार्य कलाकारहरु विजय राज सेजुवाल, लक्ष्मी राना, सीता चन्द, धिरज कोइराला, विरसिंह सुनारलगायतको उपस्थिती रहेको थियो ।