अवैध लागूऔषध खैरो हेरोइन सहित पक्राउ
काठमाडौँ, २४ पुस । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लागूऔषध खैरो हेरोईन २१ ग्राम सहित भारत बहराईच जिल्ला ककोरा मोहमदपुर थाना बिशेश्वरगंज घर बताउने २५ बर्षीय दिन दयाल राब र भारत चन्दागाँउ ग्राम घर बताउने २५ बर्षीय मनोज कुमार त्रिपाठीलाई शनिबार काठमाडौँ महानगरपालिका–९ तिलगंगाबाट पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।






