पत्रकार पिट्ने योजनाको खुलासा
नेपालगन्ज, १७ माघ –
क्विक खबर सम्बाददाता
जमार्गमा रेष्टुरेण्टको नाममा देह व्यापार भइरहेको विषयमा निष्पक्ष ध्वनि दैनिकले विगत केही दिन अगाडि समाचार प्रकाशित गरेपश्चात
रेष्टुरेण्टको व्यापार नचलेपछि रिसले चुर भएका राँझा–कोहलपुर बिच पर्ने एक रेष्टुरेण्टका संचालकले समाचार प्रकाशित गर्ने पत्रकारलाई पिट्ने योजना बनाइरहेको खुलासा भएको छ ।
निष्पक्ष ध्वनि दैनिकमा सुरक्षित राखिएको भ्वाइस रिकर्ड अनुसार रेष्टुरेण्टका नाममा देह व्यापार गर्ने ती संचालकले ‘निष्पक्ष ध्वनि दैनिक पत्रिकाको कारण हाम्रो व्यापार चौपट भयो, यो पत्रकारलाई पिट्नु पर्छ’ भन्दै योजना बनाउँदै गरेको खुलासा भएको छ ।
पत्रकारलाई पिट्ने योजना बनाउँदै गरेको बेलामा पत्रिका बन्द भएको एक जना पत्रकारको समेत उपस्थित रहेको भ्वाइस रिकर्डमा उल्लेख छ । यस विषयमा कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सुरेस काफ्ले भन्नुहुन्छ–‘पत्रकारलाई मात्र नभई जो कोहीलाई पनि धम्कीपूर्ण व्यवहार गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याई छाड्छु । निवेदनका साथ निष्पक्ष ध्वनि दैनिकमा राखिएको भ्वाइस
रिकर्डको प्रतिलिपी पाउनासाथ प्रहरी सक्रियताका साथ अगाडि बढ्छ ।’
रेष्टुरेण्टको नाममा देह व्यापार संचालनमा रहेको उक्त रेष्टुरेण्टमाथि एक राजनीतिक पार्टीको संरक्षण रहेको तथा उक्त राजनीतिक पार्टीका जिल्ला सभापति लगायत केही केन्द्रिय सदस्य समेत जाने गरेको स्रोतले दाबी गरेको छ । बाँके प्रहरी प्रशासनले कडाईका साथ भोलि आउन सक्ने यस्ता समस्याका बारेमा बेवास्ता गर्दा हिजोका दिनहरुमा कोहलपुरमा भएको विभिन्न घट्ना समेत भएको जगजाहेर नै छ ।
पत्रकारलाई समाचार लेखेको भरमा पिट्ने योजना बनाउने ती रेष्टुरेण्टको बारेमा कोहलपुर क्षेत्रका अधिकांश बुद्धिजीवि लगायत सर्वसाधारणलाई ज्ञात भएपनि प्रहरीले सक्रियता नदेखाएको कारण देह व्यापार हुने गरेको बताइएको छ





