Loading... आजः १५ चैत्र २०८०, बिहीबार । Thursday 28th March 2024

दुई कृति बिमोचित

क्वीकखबर सम्बाददाता
सुर्खेत १६ माघ २०७३
शहिद दिवसको अवसरमा सुर्खेतमा साहित्यकार मणीकुमार पोखरेलको ओझेलमा परेका फूलहरु खण्डकाव्य र हरिलाल महताराको खोजी कविता संग्रह विमोचन गरिएको छ । प्रलेशको आयेजनामा गरिएको कृति विमोचन एवम् १६७ औं कव्य यात्राको अवसरमा कार्यक्रमका प्रमुख अतिथि डा. दीपक गौतमले विमोचन गरेका हुन ।
कार्यक्रम प्रलेश सुर्खेतका अध्यक्ष हरिलाल महताराको अध्यक्षतमा भएको थियो भने सहजीकरण सचिव धिरेन थापाले गरेका थिए । कार्यक्रम उल्लेख्य रुपमा साहित्यकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित साहित्यकारहरुले रचना वाचन समेत गरेका थिए ।