Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

राप्रपा सुर्खेतको जिल्ला अधिवेशन सम्पन्न : अध्यक्षमा खड्का बिजयी

क्वीक खबर सम्वाददाता
सुर्खेत २५  माघ २०७३

 

यही २०७३ मंसिर ६ गते राप्रपा नेपाल र राप्रपा बीच पार्टी एकिकरण भए पश्चात पार्टीको राष्ट्रिय एकता महाधिवेशन यही फागुन ६ गतेदेखि ९ गते काठमाडौँमा सम्पन्न हुदैँछ । जसको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले वठा तहदेखि जिल्लातहसम्मका अधिवेशनहरु सम्पन्न गरेको छ । जस अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीको सुर्खेत जिल्ला अधिवेशन माघ २५ गते सम्पन्न भएको छ । राती अबेरसम्म भएको मतगणनाको परिणाम अनुसार मान बहादुर खड्का बिजयी हुनु भएको छ ।


निर्वाचन समितिका संयोजक नवराज खड्काका अनुसार जम्मा खसेको १ सय ६१ मत मध्ये १२ मत बदर भएको थियो भने अध्यक्षका उमेद्वार मान बहादुर खड्काले ७५ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्दी कविराम पुरीले ७४ मत प्राप्त गर्नुभएको थियो ।
पार्टीको अनुसार सुर्खेतबाट २० जना सदस्य र एक अध्यक्ष अधिवेशनबाट र बाँकी ३५ प्रतिशत मनोनित गर्ने व्यवस्था भए अनुसार महिला, जनजाती, दलित सदस्यमा सर्वसम्मत भएपनि खुला तर्फ १२ जना सदस्यहरुको लागि पनि मतदान भएको निर्वाचन समितिले जनाएको छ ।
खुला तर्फ निर्वाचित हुनुहुने सदस्यहरुमा जनक सिंह ठकुरी (१०५ मत), श्याम पुरी (१०१ मत), रामप्रसाद ढकाल (९२ मत), भीम बहादुर खड्का (९१ मत), अमृत राना (८९ मत), प्रेम बि.सी. (८९ मत), गंगाराम देउवा (८६ मत), काली बहादुर चन्द (८३ मत), गणेश बहादुर थापा (७७ मत), धर्मराज ढकाल (७६ मत), देवीराम चन्दरा (७५ मत) र कमल प्रसाद आचार्य (६१ मत) प्राप्त गरी विजयी हुनुभएको थियो ।


सर्वसम्मत चयन हुनुहुने सदस्यहरुमा जनजाती बाट इश्वर कुमार श्रेष्ठ, दलित महिलामा पवित्रा विश्वकर्मा, तथा अन्य महिला सदस्यहरुमा टीका योगी, क्षितिजा सिंह ठकुरी, विविसरा राजी, कर्ण कुमारी श्रेष्ठ, दिलु थापा र कौशिला वि.क. चयन हुनुभएको छ ।


वडादेखि जिल्ला अधिवेशनसम्म सौहाद्र रुपमा सम्पन्न गर्नमा विभिन्न तह र तप्काबाट सहयोग गर्ने सबैलाई निर्वाचन समितिका संयोजक नवराज खड्काले धन्यवाद ज्ञापन समेत गर्नुभएको छ । जिल्ला निर्वाचन समितिमा सदस्य सचिव टोवबहादुर वली, मान बहादुर सिंजाली, पबिलाल पोख्रेल, खगेन्द्र अधिकारी, अमर कार्की र सूर्य बहादुर खत्री रहनु भएको थियो ।

जिल्ला अधिवेशनमा केन्द्रिय सदस्यहरु भद्र बहादुर, बसन्त कुमार थापा, ओमबहादुर जिसी र सहमहामन्त्री मुकुन्दश्याम गिरीको उपस्थिति रहेको थियो ।