सामाजिक परिचालकको प्रदेश स्तरिय भेला
जनक प्रसाद अधिकारी
सुर्खेत |
सामाजिक परिचालक प्रदेश स्तरिय भेलाले हकहित संरक्षण समितिको अध्यक्षमा टेक बहादुर कसेरा (सुर्खेत) उपाध्यक्षमा लक्षमण कुमार साहि (रुकुम) सचिब जनक प्रसाद अधिकारी (दैलेख) कोषाध्यक्षमा बिष्णुमति बुढा (डोल्पा) सदस्यहरुमा डिल ब बठायत (कालिकोट), मञ्जु बुमि फडेरा (हुम्ला), द्वारिका प्रसाद बुढा (जाजरकोट), सुशिला बिक (सुर्खेत) सोबिना बानियालाई चयन गरेको छ । मुगु जुम्लाबाट बाँकी सदस्य पठाउन बाँकी छ ।

दश जिल्लाका सामाजिक परिचालकहरुको उपस्थिति रहेको थियो । साथै प्रमुख अतिथि सुर्खेत जिल्ला विकास समितिका सामाजिक बिकास अधिकृत टंक प्रसाद लामिछाने विशेष अतिथि केन्द्रिय महासचिब देबिराम कुसारी लम्साल , केन्द्रिय सदस्य पुर्ण शाही रहनु भएको थियो ।
दश जिल्लाका सामाजिक परिचालन जिल्ला समन्वय समितिका अध्यक्ष र जिल्ला प्रतिनिधिहरु गरि ८० जना सामाजिक परिचालकहरुको उपस्थिति रहेको थियो ।
नेपाल सरकार संड़्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्मगत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका सामाजिक परिचालकहरुले विगतका दिनदेखि न्यून जीवन निर्वाह भत्ताबाट देशको विकास र जनता बिच प्रत्क्षय रुपमा प्रतिनिधित्व गर्दै आइरहेका छन तर स्थानीय निकायको पुर्नसंरचनामा सामाजिक परिचालकहरुको व्यवस्थापन अन्योल अवस्थामा देखिन्छ ।
जब कि समुदायमा सामाजिक परिचालकको एकदमै आवश्यकता देखिन्छ । जन प्रतिनिधी विहीन अवस्थामा स्थानीय निकायलाई सहि तरिकाबाट संचालनमा सामजिक परिचालकहरुको अहम भूमिका रहेको छ । सामुदाय र सरकार बिचमा सामाजिक परिचालकको औचित्य ठूलो छ भन्ने सरकारको भनाई छ भने सामाजिक परिचालकहरुलाई व्यवस्थापनमा गर्नमा सरकारलाई किन समस्या भइरहेको छ । वडा अथवा गाऊँ वस्तीको कुनै पनि काम परेको वेलामा सरकार पक्षले आशा गर्दछ– त्यहाँ मेरो सामाजिक परिचालक छन उहाँबाट काम गराउन पर्छ । सबै कुराको बारेमा थाहा छ । उनीहरुलाई यति आवश्यकता हुँदाहँुदै पनि सरकारले हामी सामिजिक परिचालक प्रति ध्यान दिएको देखिएको छैन भन्ने गुनासो समेत सामाजिक परिचालकहरुले गर्दै आइरहेका छन् ।






