Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

विनेसामको साउदी अरबमा दमाम क्षेत्रीय उपशाखा गठन

दमाम साउदी अरेबिया

विश्व नेपाली साहित्य महासंघ साउदी   शाखाले 12 फेब्रुअरी 2017 आइतबारको दिन विश्व नेपालि साहित्य महासङ्घ साउदी साखाका अध्यक्ष बालकृष्ण पौडेलको सभपति तथा प्रमुख अतिथी सुर्य बिक्रम याख्या रहेको कार्यक्रम बिबस थापा द्वारा सन्चालित औपचारिक अन्लाईन मिटिङ सम्पन्न भएको छ।

साहित्य महासङ्घको नयाँ नेतृत्वको पहिलो बैठक सम्पन्न

संस्थालाई तिब्ररुपमा अगाडि बढाउन तथा छरिएर रहेका साहित्यिक अनुरागी लाई एकीकृत गर्दै अगाडि बढ्दै गरेको विश्व नेपाली साहित्य महासङ्घ साउदी साखाले विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ।

सो मिटिङमा सस्थाको उदेश्य प्राप्तिका लागि विभिन्न कुराहरुमा पनि छलफल भएको थियो। शाखाले प्रकाशित  गर्दै आईरहेको  पुस्तक “यात्रा मरुभुमिको ”   सस्करण-३ पुस्तक प्रकासनमा शसक्त रुपमा लागि पर्ने कुरामा बिशेष जोड दिएको थियो। र आगामी प्रकासन हुने “यात्रा मरुभुमिको”  अङ्क 3 प्रकासन गर्न  सस्थाका  मनोनीत केद्रीय प्रतिनिधि ज्यु, सल्लाहकार तथा सम्पुर्ण पदाधिकारीहरुको सामुहिक छलफलबाट रचना सङ्गकल कार्य सुरु गर्ने कुरामा जोड दिएका थिए।

त्यस्तै गरि  विश्व नेपाली साहित्य महासंघ साउदी साखाले साउदी भरी छरिएर रहेका साहित्यकारहरुलाइ एकीकृत गर्नको निम्ति  हरप्रयास गरे सगै साउदीको दोस्रो ठूलो  दमाम शहरमा श्री दिपेन्द्र खड्काको नेतृत्वमा विश्व नेपाली साहित्य महासङ्घ साउदी साखाले उपशाखा गठन भएको छ। साउदि  दमाम क्षेत्रीय उपशाखा कार्यसमितीका पदाधिकारीहरुमा:-
१. अध्यक्ष  : दिपेन्द्र खड्का
२. सचिब : दिलिप कुमार घिमिरे
३. कोषाध्यक्ष   : शुक्र तामांग
सदस्यहरु:
४.  राजन सुबेदी
५. तिलक अधिकारी
६. रमेश आउजी
७. सुबाश श्रेष्ठ
८. एलेक्स लिम्बु
९. जय भट्ट

रहने गरि ९ सदस्य नव कार्यसमिति गठन भएको छ। विश्व  नेपाली साहित्य महासंघ साउदी अरब दमाम उपशाखाले  आगामी दिनहरुमा नेपाली भाषा, साहित्य तथा संस्कृतिलाई जगेर्ना गर्दै पुस्तक प्रकासन तथा हरेक साहित्यिक प्रतियोगिता  गर्ने प्रतिबद्धता  नव कार्यसमिति   अध्यक्ष दिपेन्द्र  खड्काको रहेको थियो। नव गठित कार्यसमिति लाई उपस्थित  सबैले बधाई  तथा सफल कार्यकाल शुभकामना दिदै कार्यक्रम का सभापति बालकृष्ण पौडेल द्वारा  कार्यक्रम समापन भएको थियो।