Loading... आजः १८ बैशाख २०८१, मंगलवार । Tuesday 30th April 2024

शिक्षा अधिकृत एकता मञ्च गठन : अध्यक्षमा शर्मा

दैलेख १२ फागुन

शिक्षा सेवाका अधिकृतहरूको पेशागत सुरक्षा र विद्यालयस्तरीय शिक्षाको शैक्षिक गुणस्तर उन्नयनका लागि तथा सेवा प्रवाहलाई थप जनमुखी बनाउन प्रदेश नं ६  मा कार्यरत शिक्षा अधिकृतहरूको प्रारम्भिक भेलाले शिक्षा अधिकृत एकता मञ्च ( Unity Forum of Gratuatted Officers in Education-UFGOE) गठन गरेको छ ।

जिशिका दैलेखका विद्यालय निरीक्षक धिरेन्द्र प्रसाद शर्मा अध्यक्ष, जिशिका रूकुमका शाअ बिनाराम खड्का उपाध्यक्ष, जिशिका सुर्खेतका विनि बलविर सुनार सचिव, प्रशिक्षक रितु श्रेष्ठ सहसचिव र कोषाध्यक्षमा प्रशिक्षक हरी रावल सहित १७  सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

आगामी चैत्रको अन्तिम सातामा १०  जिशिका,  ३  शैताके र क्षेशिनि मप सुर्खेतमा कार्यरत सम्पूर्ण शिक्षा अधिकृतहरूको ६  नं प्रदेशस्तरीय बृहत भेला समेत आयोजना गर्ने निर्णय गरिएको जनाइएको छ ।