Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

नगद पुरस्कार सहित निर्वाचन समिति सम्मानित

सुर्खेत

२१ फागुन २०७३
राष्टिय प्रजातन्त्र पार्टीले पार्टीको वडादेखि जिल्लासम्मको अधिवेशनका लागि जिल्ला निर्वाचन समिति गठन गरेको थियो । दुई पार्टी बीच एकता भएपछि पार्टीको केन्द्रिय महाधिवेशन सम्पन्न गर्नका लागि प्रत्येक जिल्लामा निर्वाचन समिति गठन गरिएको थियो । सुर्खेत जिल्लामा निर्वाचन सम्पन्न गर्नमा विशेष योगदान दिएको भन्दै पार्टी जिल्ला निर्वाचन समितिका संयोजक सहित ७ जनालाई एक विशेष कार्यक्रमको आयोजना गरी सम्मानित गरेको छ ।

?

जिल्ला कार्य समितिका अध्यक्ष लगायत अधिकांश जिल्ला समितिका पदाधिकारीको विशेष उपस्थितिमा निर्वाचन समितिका पदाधिकारीहरुलाई जनही रु एक हजार पाँच सय नगद पुरस्कार सहित सम्मान गरिएको जिल्ला कार्य समितिका सचिव जनक सिंह ठकुरीले बताउनु भयो ।

जिल्ला निर्वाचन समितिको संयोजक नवराज खड्का हुनुहुन्थ्यो भने सदस्य सचिवमा टोप बहादुर ओली र सदस्यहरुमा खगेन्द्र अधिकारी, पविलाल पोख्रेल, अमर कार्की, सूर्य बहादुर खत्री र मान बहादुर सिंजाली रहनु भएको थियो ।