Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

गजल र कविता प्रतियोगीता सम्पन्न

सुर्खेत
२७ फागुन २०७३
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको तेस्रो खेलकुद तथा रचनात्मक प्रतियोगीतामा गजल र कविता प्रतियोगीता सम्पन्न भएको छ ।
गजल प्रतियोगीतामा व्यवस्थापन संकायका गणेश समीप ढकाल प्रथम, विज्ञान संकायका लक्ष्मीप्रसाद उपाध्याय द्वितीय, विज्ञान संकायकै हेमन्त केसी तृतीय र मानविकी संकायका धनश्याम राना सान्तवना हुनुभएको छ ।


त्यसैगरी कविता प्रतियोगीतामा इन्जिनियर संकायका भरत प्रमोद दाहाल प्रथम, इन्जिनियर संकायकै लोमन कुमार मल्ल द्वितीय, शिक्षा संकायकी सजना सुनार तृतीय र शिक्षा संकायकै पदमकुमारी आचार्यले सान्त्वना स्थान हासिल गर्नुभएको छ ।
गजल प्रतियोगीतामा खगेन्द्र अधिकारी ‘अमृत’को संयोजकत्वमा वासुदेव पाण्डेय ‘प्रभाकर’ र युवराज शर्मा सदस्य रहेको निर्णायक मण्डल थियो भने कविता प्रतियोगीताका लागि टिकाप्रसाद पोखे्रलको संयोजकत्वमा खगेन्द्र अधिकारी ‘अमृत’ र रेशम विष्ट सदस्य रहेको निर्णायक मण्डल रहेको थियो ।
कार्यक्रम मानविकी तथा सामाजिक शास्त्र संकायका क्याम्पस प्रमुख आनन्द प्रसाद सुवेदीको प्रमुख आतिथ्यता एवम् रचनात्मक क्रियाकलापका संयोजक उपप्राध्यापक बेदप्रकाश ढकालको संयोजकत्वमा सम्पन्न भएको थियो ।