Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

सत्तारुढदल राप्रपाद्वारा संघर्षको घोषणा

काठमाडौं, ५ चैत

सत्तारुढदल राप्रपाले संघर्षको घोषणा गरेको छ । निर्वाचन आयोगले राप्रपाको विधानबाट ‘हिन्दु राष्ट्र’ र ‘राजतन्त्र’ हटाउने निर्णय गरेको भन्दै सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनदेखि सडकसम्म संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

newsabhiyan

निर्वाचन आयोगले यो निर्णय नसच्याए चुनावसमेत बिथोलिन सक्ने राप्रपाले चेतावनी समेत दिएको छ । राप्रपाले निर्वाचन आयोगको निर्णयको प्रतिक्रिया स्वरुप संविधानबाट धर्मनिरपेक्षता हटाउन र हिन्दु राष्ट्र राख्न माग गर्दै व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णयसमेत गरेको छ । शनिबार राप्रपा प्रवक्ता रोशन कार्कीद्वारा जारी प्रेस विज्ञप्तिमा धर्म निरपेक्षताको खारेजी र हिन्दुराष्ट्र स्थापनाको माग गर्दै संविधान संशोधन प्रताव पेश गर्ने जनाइएको छ ।

राप्रपाले तत्कालका लागि संघर्षका कार्यक्रम घोषणा गरेको छ । यस अनुसार चैत ७ गते जिल्ला सदरमुकाममा चैत ७ गते जुलुससहित जिल्ला निर्वाचन कार्यालय गएर ज्ञापनपत्र बुझाउने कार्यक्रम सार्वजनिक गरिएको छ ।

काठमाडौंका निर्वाचन कार्यालय बहादुर भवनमा धर्ना र ज्ञापनपत्र दिने निर्णय पनि राप्रपाले गरेको छ । निर्वाचन आयोगको निर्णयविरुद्ध राप्रपाले अदालतको ढोका समेत ढक्ढकाउने निर्णय गरेको छ । उता सरकारमा गएको एक साता बित्न नपाउँदै राप्रपाका अध्यक्ष कमल थापा सत्तामा उकुसमुकस पाराले बसिरहेको उनी निकटतम स्रोत बताउँछ ।

सत्तारुढ दलकै प्रयासमा निर्वाचन आयोग राप्रपाप्रति खनिएको राप्रपाका केही नेताहरु बताउँछन् । नेताहरुले यस्तो अवस्थामा राप्रपाले समर्थन फिर्ता लिनुपर्ने र थापा सहितका मन्त्रीहरु फिर्ता हुनुपर्ने बताउँदै आएका छन् यसले थप समस्या सिर्जित गरेको छ ।