Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

सम्बन्ध विस्तारमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय

११ चैत्र शुक्रबार

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र चिनको नान्छाङ्गमा रहेको चिउ च्यांग विश्वविद्यालयको भगिनी संस्था ईस्ट चाईना यूनिभर्सिटी अफ टेक्नोलोजी विच उपकुलपतिस्तरमा द्विपक्षीय आपसी समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको छ। ईस्ट चाईना यूनिभर्सिटी अफ टेक्नोलोजीसँग मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा चिउ च्यांग विश्वविद्यालयसंग भएको समझदारी पत्र अनुसारको चिनियाँ भाषा अध्ययन केन्द्र स्थापना गर्न प्राविधिक सहयोग आदान प्रदान, विद्यार्थी आदानप्रदान, फ्याकल्टी आदानप्रदान, बिशेषज्ञ आदानप्रदान, संयुक्त अनुसन्धान कार्य, परियोजना कार्य, क्षमता विकास सम्बन्धी तालिम,सेमिनार, सम्मेल आदिको आयोजना गर्ने आदिमा आपसी सहयोग आदानप्रदान गर्ने गरीसमझदारी पत्रमा दुई विश्वविद्यालयका उपकुलपति स्तरमा तिहासिक हस्ताक्षर भएको उपकुलपतिका निजि सचिव दिलिप भट्टराईले जानकारी दिनुभयो

उक्त समझदारी पत्रको हस्ताक्षरको साछिका रुपमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लर डाक्टर्स इन्टरनेसनलका अध्यक्ष डा. रमेश आचार्य रहेका छन् । यसैविच विहिवार चिनको चिउ च्यांग विश्वविद्यालयका अध्यक्ष, उपाध्यक्ष, डीन, क्याम्पस प्रमुखहरु, प्राध्यापकहरु, विद्यार्थीहरुसंगको संयुक्त कार्यक्रमलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइराला र रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले सम्बोधन गर्नु भएको छ विहिवार चिनको चिउ च्यांग विश्वविद्यालयका अध्यक्ष, उपाध्यक्ष सम्मिलित एक छुट्टै बैठकमा मङ्सिर १४ गते सुर्खेतमा भएको समझदारी पत्र अनुसार मेडिकल कलेज र चिनियाँ भाषा अध्ययन केन्द्र स्थापना कामलाई द्रुततर गतिमा अघि बढाउन छलफल भएको छछलफलमाचिनको चिउ च्यांग विश्वविद्यालयको आर्थिक र प्राविधिक सहयोगमा मेडिकल कलेज स्थापना गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्ने र आउँदो १-२ बर्ष भित्र काम सुरु गर्ने गरि छलफल भएको छ भने आउँदो ६ महिना भित्र चिउ च्यांग विश्वविद्यालयको भगिनी संस्था ईस्ट चाईना यूनिभर्सिटी अफ टेक्नोलोजीको सहयोगमा  चिनियाँ भाषा अध्ययन केन्द्र खोल्न कार्य अघि बढाउने गरी छलफल भएको विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले जानकारी गराउनुभयो त्यसैगरी विहिबारनै उपकुलपति संयोजकत्वको भ्रमण टोलिले चिउ च्यांग विश्वविद्यालयको मेडिकल कलेजको अध्ययन अवलोकन भ्रमण सम्पन्न गरी अध्ययनरत करिव ३० जना नेपाली विद्यार्थीहरु संग छलफल समेत गरेको छ।मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइराला, रजिष्ट्रार डा. महेन्द्र कुमार मल्ल र डाक्टर्स इन्टरनेसनलका अध्यक्ष डा. रमेश आचार्य  चिनमा रहेका विभिन्न विश्वविद्यालयहरू सँग समझदारी पत्रमा हस्ताक्षर गर्न चिनको चिउ च्यांग विश्वविद्यालयको निमन्त्रणामा १० दिन लामो चिन भ्रमणमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ ।