युवा संघ जाजरकोट द्धारा स्थानियतह निर्बाचनको तयारी
निराजन शर्मा
जाजरकोट
स्थानिय तहको निर्बाचन लाई मध्यनजर गर्दै २०७३।१२।१५ मा युवा संघ नेपाल जाजरकोटका अध्यक्ष दिपेन्द्र शाही (डि एन ) को अध्यक्षतामा बसेको बैठकले सात वटै स्थानिय निकाय तथा सबै वडाका स्थानिय कमीटीहरु निर्माण गर्नका लागि नगरपालिका तथा गाँउपालिकाको संयोजकहरुको जिम्मेवारी बाँड फाँड गरिएको छ ।
जस अनुसार
सिवालय गाँउपालिका जगत थापा संयोजक
छेडागाढ नगरपालिका के.पि शर्मा संयोजक
जुनि चाँदे गाँउपालिका भगवति शाही संयोजक
बारेकोट गाँयपालिका कर्ण बहादुर शाही संयोजक
कुसे गाँउपालिका महेश बि. क संयोजक
भेरिनगरपालिका निर्मला थापा संयोजक
नलगाड नगरपालिका जय बहादुर बस्नेत संयोजक
साथै मतदाता शिक्षा का लागि मोबाइल टिम परिचालन गर्न र स्थानिय तहको निर्बाचनमा २५ प्रतिशत युवा लाई उम्मेद्धार बनाउन माग गर्ने जस्ता निर्णय गरिएको युवा संघ नेपाल जाजरकोटका जिल्ला कमिटी सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख गोविन्द बुढा ले जानकारी दिनु भएको छ ।






