रहनु भएन चेतन : ढल्यो एउटा आशा लाग्दो प्रतिभा
सुर्खेत २३ चैत्र
सुर्खेतको कला संस्कृति र अभिनयको क्षेत्रमा नाम कमाएर लोक तथा दोहोरी प्रतिष्ठान भेरी अञ्चलको उपाध्यक्षको पदमा रहेका चेतन पुरी अब सम्झनामा मात्र रहने छन् । मंगलवार सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको भे ५ प ९२७६ नम्बरको मोटरसाईकललाई कोहलपुर नगरपालिकाको हवल्दापुरमा दुर्घटना हुँदा उपचारको क्रममा उहाँको मृत्यु भएको हो । उहाँ कलाकारिताको क्षेत्रमा मात्र नभई व्यवसायिक क्षेत्रमा समेत आवद्ध हुनुहुन्थ्यो ।

सुर्खेतका युवा प्रतिभा तथा व्यवसायी चेतन पुरीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ । पुरीसंगै रहेका कवि गिरी भने घाइते हुनु भएको छ । पुरी सवार मोटरसाईकललाई नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको बा १६ च २२१४ नम्बरको स्कोर्पियोले ठक्कर दिएपछि उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा उहाँको मृत्यु भएको थियो जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईले जानकारी दिनुभएको छ । ठक्कर दिने स्कोरिपयोलाइ इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।
सुर्खेत वीरेन्द्रनगर १ धारापानी निवासी पुरी गित संगित र अभिनय क्षेत्रमा सुर्खेतीहरु माझ चर्चित हुनुहुन्थ्यो । उहाँ राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठान भेरी अञ्चल उपाध्यक्ष र सुर्खेत उद्योग वाणिज्य संघ अन्तरगत रहेको फेन्सी वस्तुगत समितिका सदस्य समेत रहनुभएको थियो ।
उहाँको आन्तमाको चिर शान्तिको कामना ।






