Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

जिल्ला लिग वैशाख १६ गते,  लिग विजेतालाई ५१ हजार नगद पुरस्कार

सुर्खेत

४ बैशाख २०७४

सुर्खेत जिल्ला पूmटबल संघको आयोजनामा भोलि वैशाख ५ गतेदेखि हुने भनिएको एन्फा जिल्ला लिग पूmटबल प्रतियोगिता वैशाख १६ का लागि सारिएको छ ।

अखिल नेपाल पूmटबल संघ एन्फाको वार्षिक क्यालेण्डरअनुसार आयोजना गर्न लागिएको जिल्ला लिग प्रतियोगिताको आयोजक सुर्खेत जिल्ला पूmबटल संघले वैशाख १६ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

एन्फाको निर्देशिका बमोजिम अनिवार्य रुपमा कम्तिमा १० वटा टिम लिगमा सहभागी हुनुपर्ने भएपनि आज (४ गते सोमबार) सम्म जम्मा ९ वटा क्लव मात्र दर्ता भएका हुनाले प्रतियोगिता सार्नुपरेको संघले जनाएको छ ।

‘एन्फाको निर्णय एवं नियमअनुसार प्रतियोगितामा १० वटा क्लव अनिवार्य रुपमा सहभागी हुनैपर्छ’ पूmटबल संघका महासचिव गणेश कार्कीले भने, ‘चैत मसान्तसम्म तोकिएको निर्धारित समय सकिएपनि निर्धारित क्लव दर्ता नहुँदा प्रतियोगिता सार्नुपरेको हो । ’

अब बैशाख १० गतेभित्रमा क्लव नविकरण तथा प्रतियोगिताका लागि दर्ता गर्न सकिने उनले जानकारी दिए ।

कम्तिमा १० टीमको सहभागिता हुनैपर्ने प्रतियोगिताको पहिलो चरण लिग तथा दोश्रो चरण नकआउटका आधारमा खेलाइने संघका महासचिव कार्कीले जानकारी बताए ।

यस वर्षको जिल्ला लिग विजेता टोलीले हालसम्मकै सर्वाधिक ५१ हजार तथा उपविजेता क्लवले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने घोषणा पनि संघले गरेको छ ।

लिग विजेता क्लवले जिल्ला लिग विजेताको उपाधिसंगै बढुवाका लागि क्षेत्रीयस्तरको छनौट प्रतियोगितापनि खेल्न पाउने भएकाले यस वर्षको प्रतियोगिता क्लव तथा खेलाडी दुबैका लागि महत्वपूर्ण रहेको उनको भनाई छ ।

सुर्खेतमा पूmटबलप्रति दर्शकको आकर्षण तथा खेलाडीहरुको मनोवल बढाउनका लागि यस वर्षपनि सेमिफाइनल चरणबाट टिकट प्रणाली लागू गर्ने योजना बनाइएको महासचिव कार्कीको भनाई छ ।