Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

सुर्खेतमा प्रहरीको गाडी दुर्घटना : एकको मृत्यु

९ जेठ, सुर्खेत ।

कालिकोटबाट सुर्खेत आउँदै गरेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतको गाडी दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । दुर्घटनामा २५ जना प्रहरी घाइते भएका छन् । वीरेन्द्रनगर-१४ साउनेपानीमा ना १ ग ४७६ नम्बरका वान टन (मिनी जीप) मंगलबार विहान दुर्घटना हुँदा रुकुम घर भएका प्रहरी जवान तारा चन्दको मृत्यु भएको हो ।

जीप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको अस्थाई ट्राफिक प्रहरी पोष्ट छेडाका ट्राफिक प्रहरी गोपाल बोहराले जानकारी दिए ।

जीप अनियन्त्रित हुँदा दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते भएकाहरुको वीरेन्द्रनगरको देउती हस्पिटल र क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ । दुर्घटनामा परेको गाडी कालिकोटमा स्थानीय तहको चुनाव सकेर सुर्खेत आउँदै गरेको क्षेत्रीय प्रहरी कार्यालयको गाडी हो ।