Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

रोल्पाको साहित्यिक दस्तावेज सार्वजनिक हुने

२०७४ जेष्ठ १०, रोल्पा ।

साहित्यकार डी.बी. टुहुरोको ‘रोल्पाको साहित्यिक रुपरेखा तथा स्रष्टा र सिर्जना’ शुक्रबार लिबाङमा सार्वजनिक हुने भएको छ ।

ललित साहित्य परिषद्, रोल्पाको मंगलबार लिबाङमा सम्पन्न बैठकले टुहुरोद्वारा लिखित उक्त रोल्पाको साहित्यिक दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेको हो । परिषद्का अध्यक्ष लोक आलोकको अध्यक्षतामा बसेको बैठकले लोर्कापण हुने उक्त कृतिमाथि समीक्षा गर्ने जिम्मा खेम बुढामगरलाई दिने निर्णय गरेको छ ।

रोल्पाको साहित्यिक इतिहास, रोल्पाका कृतिकारहरुको संक्षिप्त चिनारी, रोल्पाबाट प्रकाशित पत्रपत्रिकाहरु तथा रोल्पामा स्थापित विभिन्न पुरस्कारहरुको जानकारी पुस्तकमा समेटिएको बताइएको छ । उक्त ‘रोल्पाको साहित्यिक रुपरेखा तथा स्रष्टा र सिर्जना’ ललित साहित्य परिषद्, रोल्पाको २८ औं प्रकाशन हो ।