मनोनयन पत्र दर्ता
दर्तामा पनि सबैभन्दा पहिले स्वतन्त्र उम्मेदवार
सुर्खेत ।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएका छन् । विभिन्न राजनीतिक पार्टीको प्रतिनिधित्व गर्दै उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएका हुन । तर सुर्खेतमा सवैभन्दा पहिला मेयर पदमा उम्मेदवारी दर्ता स्वतन्त्र उम्मेदवारबाट शुरु भएको छ । वीरेन्द्रनगर नगरपालिकाको मेयर पदका उम्मेदवार गहेन्द्रप्रसाद दाहालले निर्वाचन अधिकृ
तको कार्यालय पुगेर १० बजे नै मनोनयन दर्ता गराउनु भएको हो । उप–मेयरमा स्वतन्त्र उम्मेदवारमा भोजप्रसाद चपाईँले मनोनयन दर्ता गराउनु भएको छ ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका अन्य दलले समेत मनोनयन दर्ता गराएका छन् । जस अनुसार
नेपाली काँग्रेसको तर्फबाट मेयरमा देबकुमार सुबेदी र उपमेयरमा जानकी सिंह, एमालेको तर्फबाट मेयरमा बालाराम शर्मा र उपमेयरमा मोहनमाया ढकाल, माओवादी केन्द्रको तर्फबाट मेयरमा रत्नबहादुर गाहा र उपमेयरमा हरिमाया शर्मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयरमा इश्वर कुमार श्रेष्ठ र उपमेयरमा टीका योगीको मनोनयन पत्र दर्ता भएको छ ।
दाहालले वीरेन्द्रनगर नगरपालिकाको मेयर पदमा एक्लै स्वतन्त्र उम्मेदवारी दर्ता गरेको बताउनुभएको छ । समग्र वीरेन्द्रनगरको विकासका लागि एक्लै लड्ने जानकारी दिँदै दाहालले स्वतन्त्र उम्मेदवारी दिएपनि अन्यलाई पनि गोलवद्ध पार्ने योजनामा रहेको रहेको बताइएको छ ।
लामो समयदेखि शिक्षण पेशामा आवद्ध दाहाल विद्यालय सुधार अभियानका सफल व्यक्ति मानिनुहुन्छ । पहिले नेपाली काँग्रेसमा आवद्ध रहनु भएका दाहालले पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।






