होण्डाको सो रुम नयाँ व्यवस्थापनका साथ उद्घाटन : (फोटो फिचर)
होण्डाको मोटरसाइकलका ग्राहकहरुले कहिल्यै घाटा व्यहोर्नु पर्दैन : भण्डारी
सुर्खेत
२४ वैशाख २०७४ ।
बुलबुले अटो सेल्स वीरेन्द्रनगर सुर्खेतले नयाँ व्यवस्थापनका साथ होण्डाको सो रुमको उद्घाटन गरेको छ । क्षेत्रीय उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले प्रमुख अतिथिको आशनबाट शुभकामना मन्तव्य दिँदै सो रुमको प्रवेशद्वारमा रिबन काटेर उद्घाटन गर्नु भएको
हो ।
४५ लाखको लागतमा शुरु भएको सो रुम उद्घाटन कार्यक्रममा संचालक भद्र भण्डारीले स्वागत मन्तव्य दिँदै भन्नुभयो –करिब ५ बर्ष अगाडि १५ प्रतिशत बजार ओगटेको होण्डाले ५ बर्ष पछाडि आजका दिनसम्म ३५ प्रतिशत बजार ओगटेको छ । सम्पूर्ण नेपालको २५ प्रतिशत बजार क्षेत्र ओगटेको होण्डा एक उत्कृष्ट ब्राण्डेड कम्पनी भएकोले पनि सबै उपभोक्ताहरुको रोजाई बनेको छ उहाँले थप्नु भयो । साथै संचालक भण्डारीले भन्नुभयो –होण्डाको मोटरसाइकल लिने ग्राहकहरुले कहिल्यै घाटा व्यहोर्नु पर्दैन ।
कार्यक्रममा होण्डाका क्षेत्रीय कोर्निनेटर छविलाल अर्यालले भन्नुभयो – २०७३ को चैत्रसम्ममा ६३ हजारको टार्गेट राखेकोमा यसको गुणस्तरीयता र उपभोक्ताको रोजाइका कारण ७३ हजार सेल्स पुगेको छ ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग बाणिज्य संघका क्षेत्रीय अध्यक्ष पदमबहादुर शाहीले आफ्नो शुभकामना मन्तव्यमा भन्नुभयो – यातायातका साधनहरु अब बिलासिताका लागि मात्र नभई आवश्यकताको लागि भएकोले प्रत्येक घरमा भन्दा पनि प्रत्येक व्यक्तिमा यो अनिवार्य भइसकेको छ । समयको बचत गर्नेदेखि लिएर छिटो छरितोका लागि पनि दुई पाङग्रे साधनको माग बढिरहेको बेला होण्डाले सर्भिस र सेल्स दुबैमा गुणस्तरीय सेवा दिन सकेकोले यसले सफलता प्राप्त गर्न सकेको हो ।
सुर्खेतमा होण्डा सो रुमको शुरुवात गर्ने बिजय पराजुलीले आफूले सोचेको भन्दा पनि धेरै बजार व्यवस्थापन हुन सकेकोमा खुसी व्यक्त गर्नुभएको थियो ।
होण्डाले सो रुमको उद्घाटनको अवसरमा सामानमा विशेष छुट, स्क्र्याच कार्ड, १ हप्ता फ्रि सर्भिस, लगायतका सेवाहरु सँगै होण्डाको मोटरसाइकलसँग सामाजिक संजालमा फोटो राख्ने र जेठ मसान्त सम्म सबै भन्दा बढि लाइक पाउने उपभोक्तालाई ३ हजार नगद पुरस्कारको व्यवस्था समेत गरेको संचालक भद्र भण्डारीले जानकारी दिनुभयो । सो रुम उद्घाटनको अवसरमा वीरेन्द्रनगर ६ का पदमबहादुर गुरुङले एउटा स्कुटर खरिद गर्नुभएको छ ।
कार्यक्रममा जय बहादुर भण्डारी, उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेति, सानिमा बैंकका लोकमणी थापा, महेन्द्र रिजाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम ८६ बर्षिय जेष्ठ नागरिक कृपाराम भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो ।













