Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

तीन उपप्रधान सहित चार मन्त्री नियुक्त देउवाले लिए सपथ

२४ जेठ, काठमाडौं ।

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्री र चार मन्त्री नियुक्त गरेका छन् । अर्थमन्त्री भने ज्ञानेन्द्रबहादुर कार्की भएका छन् ।

उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ छन् । गच्छदारले स्थानीय विकास, महराले परराष्ट्र र श्रेष्ठले शिक्षा मन्त्रालयम सम्हाल्नेछन् ।

यस्तै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री भएका छन् ।   अर्थमन्त्रीमा नियुक्त भएका कार्की देउवा समूहका हुन् । महेश आचार्यलाई अर्थमनत्री बनाउने गृहकार्य भने असफल भएको छ । कांग्रेसबाटै फर्मुल्लाह मन्सुर श्रममन्त्री भएका छन् भने माओवादीबाट जर्नादन शर्मा गृहमन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् ।