२७ गते वृहत सरसफाई अभियान
सुर्खेत २४ जेठ ।

सुर्खेत उद्योग वाणिज्य संघ र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त पहलमा यहि जेठ २७ गते वीरेन्द्रनगरमा वृहत सरसफाई एवं चेतनामूलक अभियान गरिने भएको छ । आज (बुधबार) संघमा भएको सरोकारवालाबीचको अन्तरक्रियापछि राष्टिय सरसफाई सप्ताहको समापनको अवसर पारेर वृहत सरसफाई एवं चेतनामूलक अभियान गर्ने निर्णय गरिएको हो । नगरपालिका, उद्योग वाणिज्य संघ, सुरक्षा निकाय, टोल विकास समितिलगायत सम्पूर्ण सरोकारवाला निकायको ब्यापक सहभागितामा वृहत अभियान सञ्चालन गरिने भएको हो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सिंगो प्रदेश र जिल्लाकै केन्द्रविन्दूका रुपमा रहेको वीरेन्द्रनगर स्वस्थ र स्वच्छ भएमा अन्यत्र यसको सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।
नगर क्षेत्रको सरसफाइले नगरवासीको सभ्यता झल्काउँछ, नगरप्रमुख सुवेदीले भन्नुभयो, त्यसैले आप्mनो सभ्यता र स्वास्थ्यका लागि नगरवासीले नगरलाई नियमित सफासुग्घर राख्नुपर्छ । यसअघि उद्योग वाणिज्य संघले सञ्चालन गरेको नगर सफाई अभियानमा सरिक हुँदै आपूmले पनि नगरका नालाको फोहोर सोहोरेको स्मरण गर्दै उहाँले फोहोर व्यवस्थापनको पहिलो जिम्मेवारी फोहोर गर्ने पक्षको नै हुने उल्लेख गर्नुभयो । यस्तै संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेतिले व्यापारिले व्यापार मात्र गर्नेे नभई समाजप्रतिको उत्तरदायित्वपनि निर्वाह गर्छन भन्ने कुराको प्रमाणका रुपमा विगतको सरसफाई अभियानलाई लिन सकिने जिकिर गर्नुभयो ।
विगतमा जनप्रतिनिधि विहीनताको अवस्थामा जे जस्ता कमीकमजोरी भएपनि आगामी दिनमा त्यस्तो नहुने भन्दै उहाँले आगामी दिनमा सरसफाईका लागि सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । यस्तै वडा नं. ६ का अध्यक्ष मोतीप्रसाद कंडेलले बजारको सरसफाईलाई आपूmहरुले पहिलो प्राथमिकतामा राखेको जानकारी दिंदै आवश्यक्ताअनुसार चेतनामूलक र दण्डात्मक कार्यक्रम अघि बढाउने बताउनुभयो । कार्यक्रममा सहभागी व्यापारीहरुले आपूmहरुले बजारलाई सफा राख्न चाहेपनि फोहोर संकलन गर्ने कर्मचारी नियमित र निर्धारित समयमा नआउने गरेको गुनासो गरेका छन ।
बजार क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मेवारी लिएको ग्रीन सिटी सेनिटेशनका सञ्चालक शशी के.सीले फोहोर संकलन गर्ने गाडी र जनशक्ति थप गर्न लागिएको जानकारी दिंदै आगामी दिनमा नियमित रुपमा फोहोर संकलन हुने बताउनुभयो ।





