Loading... आजः ९ असार २०८३, मंगलवार । Tuesday 23rd June 2026
ताजा खबर
  

म.प. विश्वविद्यालय विद्यार्थी संघर्ष समितिको अन्तरक्रिया

सुर्खेत / पार्वती थापा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।
विभिन्न राजनीतिक दलका प्रतिनिधि, चन्दादाता, विभिन्न विद्यार्थी संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा अन्तरक्रिया सम्पन्न भएको विद्यार्थी संघर्ष समितिले जनाएको छ ।


म.प. विश्वविद्यालयले आंगिक क्याम्पसका रुपमा सम्बन्धन दिने भनि निर्णय भएका क्याम्पसहरुलाई सम्बन्धन दिन ढिलाइ नगरी उक्त निर्णय तत्काल कार्यान्वयन गर्न विद्यार्थीहरुले माग गरेका छन् । त्यसैगरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयले केन्द्रिय क्याम्पसको शैक्षिक गुणस्तर, पाठ्यक्रम, भौतिक पूर्वाधारहरु प्रभावकारी बनाई केही व्यक्तिको स्वार्थप्रर्तिका लागि ःभ्, द्यभ्, ःद्यब् र द्यद्यब् का कार्यक्रमहरु सम्बन्धन दिने निर्णय भएकोले उक्त निर्णयको खारेजी, सेवा आयोगलाई सक्रिय बनाई छिटो भन्दा छिटो प्राध्यापक कर्मचारीहरुलाई व्यवस्थापन गर्न, इन्जिनिरिङ्ग संकायलाई तत्काल नेपाल इन्जिनिरिङ्ग काउन्सिलमा दर्ता गर्न, दीक्षान्त समारोहको लागि चर्को शुल्क निर्धारण गरी विद्यार्थीहरुलाई नै दीक्षान्त समारोहमा भाग नलिने वातावरण बनाइएकोले उक्त चर्को शुल्क हटाइ विद्यार्थीलाई दीक्षान्त समारोहमा भाग लिने वातावरणको सिर्जना गरी असार ३ गते नै दीक्षान्त समारोहको आयोजना गर्नुका साथै प्रत्येक वर्ष बृद्धि हुने १० प्रतिशत शुल्क बृद्धि खारेज गर्न प्रेस विज्ञप्ति मार्फत माग गरिएको छ ।

नेकपा माओवादीका पोलिट ब्यूरो सदस्य रमेश मल्लको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सभापति कमल राज रेग्मी, नेकपा एमालेका उपाध्यक्ष अमृत वि.सी., नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कृष्ण जि.सी., राप्रपाका उपाध्यक्ष अशोक थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गोविन्द सुबेदी लगायतका पार्टी प्रतिनिधिहरुले अन्तरक्रियामा बोलेका थिए ।
उनीहरुले भने पार्टीको एक्यवद्धता रहेको कुरा बताउँदै विद्यार्थीहरुलाई आन्दोलनका कार्यक्रममा संयमित भएर लाग्न आग्रह गर्दछु । सम्बन्धन पाएका क्याम्पसहरु पनि पाउनु पर्ने सुविधाबाट बञ्चित भएकोले विश्वविद्यालयले त्यसो गर्न नहुने बताए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापनाका लागि सबै भन्दा बढि चन्दा प्रदान गर्ने चन्दादाता मोति प्रसाद सापकोटाले भने – हामीले मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापनाका लागि चन्दा दिएका हौँ । विश्वविद्यालय माथि कसैले मनोमानी गर्लान भनेर चन्दा दिएका होइनौँ । त्यसैगरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वउपकूलपति कालीप्रसाद पाण्डेले भने – विश्वविद्यालयले आफ्नो पहूँच सबै जिल्लामा पु¥याउनु पर्ने र सरोकारवाला सबैका जायज मागलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पूरा गर्नु पर्ने र विश्वविद्यालयले सबैलाई सम्मान गरेर अगाडि बढ्नु पर्दछ ।

कार्यक्रमका प्रमुख अतिथि मल्लले विद्यार्थीहरुको आन्दोलनमा आफ्नो पार्टीको समेत एक्यवद्धता रहेको बताउँदै विद्यार्थी आन्दोलन इतिहासदेखि चल्दै आएको र विद्यार्थीको आन्दोलनले जहिले पनि सफलता प्राप्त गरेको बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विद्यार्थीहरुलाई लोकतान्त्रिक आचरण सिकाउन नसकेको आरोप समेत लगाए । विद्यार्थीहरुले उठाएका मागहरु जाहेज भएकोले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले तुरुन्त विद्यार्थीका मागहरु पूरा गर्नु पर्ने बताए । मध्यपश्चिमका विद्यार्थीहरुको शैक्षिक विकासका लागि विश्वविद्यालय स्थापना भएको बताउँदै मध्यपश्चिमाञ्चल विश्वविद्यालयले प्रतिस्पर्धी र सीप मुलक जनशक्तिको उत्पादनमा लाग्न सुझाव दिएका थिए ।
कार्यक्रममा विद्यार्थी नेताहरु नेपाल विद्यार्थी संघका केन्द्रिय सहमहामन्त्री इश्वर विष्टले भने – कुनै पनि आन्दोलनलाई सानो ठान्न नहुने र विद्यार्थीको आन्दोलन कसैले पनि दबाउन नखोजे हुने हुन्छ । नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य अनिल बहादुर शाहीले मध्यपश्चिमवासीका साथै विद्यार्थी हित विपरित मध्यपश्चिमाञ्चल विश्वविद्यालय संचालन गरेको आरोप लगाए । त्यसैगरी बारम्बार ज्ञापन पत्र, माग पत्र बुझाउँदा पनि सुनुवाइ गरेको आरोप लगाए । त्यसैगरी अखिल क्रान्तिकारीका सदस्य धन बहादुर नेपालीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई मागी खाने भाँडोको रुपमा प्रयोग गरिएको आरोप लगाए । प्राध्यापक संघका निवर्तमान अध्यक्ष अमर रोकाय, वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष मोति कंडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्वतन्त्र विद्यार्थी यूनियनका सचिव भरत शाहीको सभापतित्वमा भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण विद्यार्थी ललित वलीले गरेका थिए ।
पार्वती थापा प्रशिक्षार्थी पत्रकार हुन् ।