Loading... आजः ६ असार २०८३, शनिबार । Saturday 20th June 2026
ताजा खबर
  

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको गाडी तोडफोड पदाधिकारी बैठक द्वारा घोर भर्त्सना

२०७४ जेठ २

सुर्खेत

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको विस्तारित कार्यालयको कम्पाउण्ड भित्र पार्किंङ गरि राखिरहेको महिन्द्रा कम्पनिको सेतो रङ्गको s-10 स्कोरपियो बा.१७ च. ४२५५ नम्बरको जिपमा मिति २०७४/०३/०२गते दिउसो १:३०बजेको समयमा अन्दोलनरत विद्यार्थीको समुहले गाडीको अगाडिको सिसा, ढोका, बडी समेतमा तोडफोड गरी क्षति पु-याएका छन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाको अध्यक्षतामा रजिष्ट्रार डा. महेन्द्र कुमार मल्ल, पाँच वटै सङ्कायक डीनहरू, चार वटै निर्देशनालयका निर्देशकहरू, सहायक डीनहरू, सबै क्याम्पसका क्याम्पस प्रमुखहरू, कार्यक्रम निर्देशकहरू, सहायक क्याम्पस प्रमुखहरू, सम्मिलित विश्वविद्यालय पदाधिकारीहरूको पूर्ण बैठकले उक्त घटनाको निन्दा र भर्त्सना गर्दै उक्त घटनालाई आपराधिक घटनाको रुपमा लिई संग्लग्नलाई कारवाहीको माग गरेको छ । उक्त बैठकको निर्णयमा भनिएको छ – “विश्वविद्यालयको विस्तारित कार्यालय एवम् विश्वविद्यालयको उपकुलपतिज्यूको निजि आवास समेत रहेको स्थान एवम् कर्मचारी आ-आफ्नो कार्यकक्षमा कार्य गरिरहेको समयमा अनिल बहादुर शाही नामको विश्वविद्यालयको विद्यार्थीले विश्वविद्यालयको विस्तारित कार्यालयको कम्पाउण्डभित्र पार्किङ गरी रहेको विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लज्युले प्रयोग गर्ने गाडी न. बा.१७ च. ४२५५ माथि इट्टा-ढुंगा प्रहार गरी गाडी माथि क्षति पु-याएको र निजको उद्देश्य गाडीमा चढेको अवस्था भएको भए विश्वविद्यालयका रजिष्ट्रारको ज्यानसम्म लिने प्रकृतिको जघन्य अपराध देखिन गएकाले यस्ता आपराधिक कार्यको विश्वविद्यालयको यो पदाधिकारी बैठक घोर भर्त्सना गर्दछ”।

निणर्य थप भनिएको छ – “ निज अनिल बहादुर शाही विश्वविद्यालयको विद्यार्थी समेत भएकाले एउटा विद्यार्थीलाई शोभा नदिने आपराधिक कार्यमा संग्लग्न भएकाले निजलाई विश्वविद्यालयबाट निष्काशन गर्ने र कडा भन्दा कडा कानुनि कारवाहीका लागि प्रक्रिया अगाडि बढाउने गरी सम्बन्धित पक्षलाई पत्राचार गर्ने निर्णय गर्दछौ” सूचना अधिकारी विष्णु कुमार खड्काले जानकारी दिए