एसईई पूरक परीक्षा (परीक्षा तालिकासहित) साउन १९ देखि
३ असार २०७४
काठमाडौँ
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले २०७३ सालको एसईई पूरक (ग्रेडवृद्धि) परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।
नियमित तथा एक्जेम्टेड समूहबाट परीक्षामा सम्मिलित भएर सी, डी प्लस र इ ग्रेड ल्याएका परीक्षार्थीलाई ग्रेडवृद्धिका लागि परीक्षा नियन्त्रण कार्यालयले साउन १९ गतेदेखि पूरक परीक्षा सुरु गर्न लागेको हो ।
परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित विद्यालयमार्फत जिल्ला शिक्षा कार्यालयमा साउन १० गतेभित्र आवेदन दिन आग्रह गरेको छ । परीक्षा साउन २६ गतेसम्म सञ्चालन हुनेछ ।







