Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

छुरा प्रहार गरि बाबुको हत्या

१७ असार २०७४

सुर्खेत,

सुर्खेतमा एक युवाले छुरा प्रहार गरी आफ्नै बुबाको हत्या गरेका छन् । गुर्भाकोट नगरपालिका १६ पण्डितकाल्नाका २० वर्षीय रणबहादुर सुनारले बुवा अमर सुनारको हत्या गरेका हुन् ।

शुक्रवार राती आफ्नै घरमा उनको हत्या भएको हो । बाबुको हत्या गरि फरार भएका रणबहादुरलाई शनिवार प्रहरीले पक्राउ गरेको छ । घरायसी झगडापछि रणबहादुरले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ ।

शुक्रवार साँझ घरायसी कुरामा बाबु र छोराबीच विवाद हुँदा आक्रोशित बनेका रणबहादुरले एक्कासी बाबुको छातिमा छुरा प्रहार गरेको जनाइएको छ । यद्यपी थप अनुसन्धान भइरहेकाले एकीन कारण भने खुल्न सकेको छैन । बबइमा प्रहरीले पक्राउ गरेर उनलाइ थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतमा ल्याइएको छ ।