व्यङ्ग्य – घ्वाच्च घोच्यो
बुझ हो जनता हो मिलाएर बुझ । हाम्रा देशका परधान मन्त्री पहिले पहिले असक्षम थिए अहिले समक्ष भएका छन् । सक्षम भएर नै परधान मन्त्री भएका हुन । किन यति सारो खेदो गर्दछौ हौ । विचरा उनको श्वरको बारेमा किन यति सारो हुने नहुने गर्छौ क्या । तिमीहरुको यो हुने नहुने गरेको देखेर यो सोझो हरिलठ्ठकलाई पनि झोक चलेको छ । विचरा तिमीहरुलाई नै परजातन्त्र दिलाउन अनि आफूलाई परधान मन्त्री र आफ्नालाई मन्त्री दिलाउनका जिब्रो मै करेण्ट लगाउँदा पनि लडि रहेको उनको योगदानको कदर गर्नु पर्दैन । लु खतम ।
यो हरिलठ्ठक नपुगे पनि सुनेकै कुरा गर्ने हो भने उनले अलिकति सोमरस पिएका थिए रे । त्यो साझा होइन परधान मन्त्रीको बाजा बजाउने सवालमा गएको बेला । सामान्य मुन्छेले खाने पो जाँड छ ठूला बडाहरुले पिउने त सोमसर नि । मंगलवार पिएपनि सोम, बुधवार पिए पनि सोम, शनिवार पिए पनि सोम लु जुन वार जति बेला पिए पनि सोम नै हुने भएकोले उनले पिउनै नपाउने भन्ने केही छ ? लु खतम ।
उनकै स्वरमा भन्न मिल्ने भए देउपा अरुको श्वरमा देउवा थरका यि उहिलेका असक्षम अहिलेका सक्षमले जाबो एउटा कार्यक्रममा भाषण पढ्नु पर्नेमा ज्ञापन पत्र पढे त बिग्रियो के ? कि ज्ञापन पत्रमा पढ्नै नमिल्ने शब्दहरु लेखिएका थिए र ? त्यसो पनि थिएन । अनि त्यो ज्ञापन पत्र सुन्ने जनताले ज्ञापन पत्र कसरी तयार पार्नु पर्ने रहेछ भन्ने ज्ञान पनि प्राप्त गरे नि । फाइदा नहेर्ने जहिले पनि घाटा मात्र हेर्ने आँखा पावरवाला चस्मा लगाउनु पर्ने स्थितिको सिर्जना भएको देखेर यो सोझो हरिलठ्ठकलाई फेरी एकपटक घ्वाच्च घोच्यो । ऐया ऽऽऽऽऽ





