साउथवेस्ट युनिभर्सिटी अफ पोलिटिकल साइन्स एण्ड ल का प्राध्यापक मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा
सुर्खेत
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा राष्ट्रिय राजनीतिक स्कुलका उप निर्देशक समेत रहेका प्राध्यापक डा. वु छिले अवलोकन भ्रमण गरेको सूचना अधिकारी विष्णु कुमार खड्काले जानकारी दिए / उक्त अवसरमा नि.रजिष्ट्रार समेत विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा.डा. देब बहादुर खड्काले केन्द्रीय कार्यालयमा स्वागत गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयले चिन स्थित रहेका विश्वविद्यालयहरू सँग आपसी सम्बन्ध विकास गरी शैक्षिक प्राज्ञिक उन्नयनमा आपसी सर सहयोग अगाडी बढाउन इच्छुक रहेको बताए /
नेपालको सात दिने भ्रमणमा रहेका साउथवेस्ट युनिभर्सिटी अफ पोलिटिकल साइन्स एण्ड ल का प्राध्यापक डा. छि र छोम्चिंग नोमो युनिभर्सिटी चीनका अर्का प्राध्यापक डा. लि योंगले नेपालको विकसित राजनीतिक परिवर्तन र चीनको एक चिन नीति लगायत वन बेल्ट वन रोड नीतिका विषयमा नेपालको प्रतिबद्धता रहेको स्मरण गर्दै दुवै देशको राजनीतक तथा कूटनीतिक क्षेत्रमा अध्ययन अनुसन्धान गर्न विश्वविद्यालय स्तरमा सहकार्य गरि सकिने सम्भावनामा जोड दिदै आपसी समझदारी पत्रमा हस्ताक्षर गर्न प्रक्रियामा जान पहल गर्ने आश्वासन दिए / नेपालको त्यसैगरी मानविकी र सामाजिकशास्त्र सङ्कायका डीन खोपिराम लम्सालले नेपाल र चीनको सम्बन्ध सदियौदेखि रही आएको स्मरण गर्दै दुवै देशको राजनीतिक तथा कूटनीतिक अध्ययन गरी सम्बन्ध अझ प्रगाढ बनाउन सकिनेमा जोड दिए /
अवलोकन भ्रमणका क्रममा अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका निर्देशक गणेश बहादुर कार्की र अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयका शिक्षण समितिका अध्यक्ष तेज बिक्रम बस्नेतले समेत दुवै देशको राजनीतक र कूटनीतिक सम्बन्धको अध्ययन अध्यापन र अनुसन्धान गर्न विश्वविद्यालय स्तरमा सहकार्य गर्न आवश्यक रहेकोमा जोड दिए / सो अवसरमा उपप्राध्यापक तथा सूचना अधिकारी विष्णु कुमार खड्काले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको समग्र पक्षमा संक्षिप्त परिचय गराउदै दुई देश र दुई विश्वविद्यालयका विच सर सहयोगका सम्भावनाको खोजि गर्न प्राज्ञिक तहमा थप अध्ययन अनुसन्धानका प्रक्रिया अगाडी बढाउन सकिने बताए /
अवलोकन भ्रमणका क्रममा प्राध्यापकद्वयले केन्द्रीय भ्रवन निर्माण स्थल कुइनेपानी, केन्द्रिय क्याम्पस,मुसुम, विज्ञान तथा प्रविधि केन्द्रिय क्याम्पस परिसर समेत अवलोकन गरेका थिए /
यसै विच मध्यपश्चिमाञ्चल विश्वविद्यालयको गाडी तोडफोड घटनामा संग्लग्न भएको भन्दै विद्यार्थी अनिल बहादुर शाहीमाथि पदाधिकारी बैठकले निस्काशन गर्ने गरेको निर्णय विद्यार्थीको पढ्ने अवसरलाई ध्यानमा राखी फिर्ता गरिएको उपकुलपतिको कार्यालयले जनाएको छ /






