Loading... आजः २५ आश्विन २०८३, आईतवार । Sunday 11th October 2026

व्यवस्थापन  संकायको परीक्षाफल प्रकाशित

सुर्खेत

मध्यपश्चिमाञ्चल विश्वविद्यालय व्यवस्थापन  संकाय अन्तर्गत मिति २०७३ चैत्र २२ देखि २०७४ वैशाख २२ गते सम्म संचालित विविए (BBA) पहिलो, तेस्रो र पाँचौं सेमेस्टर, २०७३ चैत्र २४ देखि २०७४ बैशाख १२ गते सम्म संचालित विविएस (BBS) पहिलो, तेस्रो र पाँचौं सेमेस्टर र २०७३ चैत्र २४ देखि २०७४ बैशाख १२ गते सम्म संचालित एमविएस (MBS) पहिलो, र चौथो सेमेस्टरको सत्रान्त परीक्षामा सम्मिलित नियमित तथा आंशिक तर्फका विद्यार्थीहरुको परीक्षाको नतिजा प्रकाशन गरिएको छ।अनुत्तीर्ण परीक्षार्थीहरुले उत्तरपुस्तिकाको पुनर्योग गराउन चाहेमा प्रति विषय रु. २०० का दरले परीक्षाफल प्रकाशित भएको मितिले १५ दिनभित्र व्यवस्थापन केन्द्रीय क्याम्पस वा मुसुमको कार्यालय मार्फत डिनको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सक्नेछन।

प्रकाशित नतिजा केन्द्रीय क्याम्पसको सूचना पाटी तथा विश्वविद्यालयको वेवसाईट www.mwu.edu.np मा समेत हेर्न सकिने छ ।