Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

जिल्ला समन्वय समिति सुर्खेतमा काँग्रेसको एकलौटी जित

सुर्खेत,
सुर्खेत जिल्ला समन्वय समिति सुर्खेतका निर्वाचन आज सम्पन्न भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार समन्वय समितिको प्रमुखमा छविलाल सिग्देल र उपप्रमुखमा देवी भट्टराइ निर्वाचित हुनु भएको छ । उहाँहरु दुबै जना नेपाली काँग्रेसको तर्फबाट निर्वाचित हुनु भएको हो ।


समन्वय समितिको निर्वाचनमा नेकपा एमाले र नेपाली काँग्रेसविच प्रतिस्पर्धा भएको थियो । आज बिहान १० बजेदेखि २ बजेसम्म भएको निर्वाचन नेपाली काँग्रेसका उम्मेदवारहरुले ११ मत प्राप्त गरेर विजयी हुनु भएको हो भने प्रतिद्वन्दीमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका प्रमुखमा टोपबहादुर राष्कोटी र उपप्रमुखमा दीपा चन्द मल्लले ७ मत प्राप्त गर्नुभएको थियो । अन्य सदस्यहरुमा पनि नेपाली काँग्रेसकै उम्मेदवारहरु विजयी हुनु भएको छ ।

९ वटा स्थानिय तह रहेको सुर्खेतमा प्रमुख र उपप्रमुख गरी १८ जनाले जिल्ला समन्वय समितिका लागि मतदान गरेका थिए । १८ जनामध्ये ११ जना काँग्रेसका रहेका छन् भने एमालेका सात जना मतदाता छन् । निर्वाचन पश्चात जिल्ला समन्वय समिति सुर्खेतले पुर्णता पाएको छ ।