Loading... आजः २४ कार्तिक २०८२, आईतवार । Sunday 9th November 2025
ताजा खबर
  

बर्षाले पुर्यायो क्षति : सुर्खेतमा एकै परिवारका तीन जनाको मृत्यु

सुर्खेत

नेपाल अधिराज्य परेको अविरल वर्षाका कारण जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । तराईका अधिकांश ठाउँहरु डुवानमा परेका छन् । बाँके, बर्दिया देखि पूर्वी तराइका जिल्लाहरुमा समेत डुवान भइरहेको छ । नदीमा पानी खतराको संकेत भन्दा माथि पुगेको छ ।

सुर्खेत प्रवेश गर्ने मुख्य सडकको रुपमा रहेको रत्न राजमार्गको हर्रे–कोहलपुर सडक खण्डमा पहिरोजाँदा सवारी आवागमन बन्द भएको छ । सडक अवरुद्ध भएपछि यात्रुहरुको विचल्ली भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास भने जारी छ ।  पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको हो

सुर्खेतमा पनि लगायतको वर्षासँगै पहिरोले घर बगाउँदा सुर्खेतको गुर्भाकोट नपा ६ बडाखोली स्थित सिन्दुर खोलागाउँमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट–६ का ८३ वर्षीय गुमानसिं बुढा, उनका १४ वर्षीय नाती विक्रम बुढा र १२ वर्षीय सरन बुढाको ज्यान गएको हो । पहिरोमा पुरिएका उनीहरुको शव आइतबार विहानमात्रै पहिरोबाट बाहिर निकाल्न प्रहरी सफल भएको छ ।
सुर्खेत उपत्यकाको तल्लो भाग पनि डुवानको जोखिम रहने हुनाले त्यहाँका सर्वसाधारणलाई सर्तकताका साथ रहन प्रशासनले अनुरोध गरेको छ ।

सुर्खेतमा विद्युत सेवा समेत अवरुद्ध भएको छ । बबइ नदीमा आएको बाढीले विद्युतको पोल नै बगाएको हुनसक्ने विद्याुत प्राधिकरणले जनाएको छ । आजै साँझसम्म विद्युत सेवा सूचारु गर्ने प्रयास समेत भइरहेको विद्युत प्राधिकरणले जनानकारी दिएको छ ।