माइ ए वान न्यूज डटकम संचालन
सुर्खेत
ए वान मिडिया प्रा.लि. ले आजदेखि माइ ए वान न्यूज डटकम संचालनमा ल्याएको छ । भानुभक्त अधिकारी प्रधान सम्पादक रहेको उक्त अनलाइनको एक कार्यक्रमका बीच नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष माया थापाले उद्घाटन गर्नुभएको हो ।

ए वान न्यूज डटकमको औपचारिक उद्घाटन कार्यक्रममा प्रधान सम्पादक भानुभक्त अधिकारीले अनलाइन संचालन गर्नुको उद्देश्य र यस अनलाइनको विशेषताको बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा अध्यक्ष प्रेमप्रकाश खड्काले ए वान मिडिया प्रा.लि. को भावि योजना एवम् रणनीतिको बारेमा प्रष्ट पार्दै अनलाइन संचालनको क्षेत्रमा सबैको साथ र सहयोगले सफलता प्राप्त हुने बताउनु भएको थियो । त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष ललित बसेलले कुनै पनि मिडियाको शुरुवात भन्दा निरन्तरता र स्तरीयताको ठूलो चुनौति रहेकोले संचालकहरुले त्यस तर्फ ध्यान दिन आग्रह गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।

ए वान मिडिया प्रा.लि.का अध्यक्ष प्रेमप्रकाश खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण यज्ञ खत्रीले गर्नुभएको थियो ।





