Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

मदन पुरस्कार ‘धृतराष्ट्र’ लाई प्रदान

११ भदौ, काठमाडौं ।

मदन पुरस्कार गुठीले २०७३ को मदन पुरस्कार घनश्याम कँडेलको ‘धृतराष्ट्र’ काव्यलाई प्रदान गरेको छ ।
२०७३ मा प्रकाशित भएका मध्ये गुठीमा प्राप्त १९५ पुस्तकबाट कँडेलको ‘धृतराष्ट्र’लाई मदन पुरस्कारका प्रदान गर्ने निर्णय मदन पुरस्कार गठीको बैठकले गरेको हो ।

मदन पुरस्कार२०७३ का लागि गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, छाउघर, तपन, दोहानको सीधा उडान, धृतराष्ट्र, प्रतिनायक, म स्त्री अर्थात आइमाई, शुक्रराज शास्त्रीको चस्मा तथा सगरमाथाको गहिराइलाई उत्कृष्ठ ९ पुस्तकका रुपमा छनौट गरिएको थियो ।
यस्तैगरी जगदम्बा श्री पुरस्कार दुर्गा बराल ‘वात्सायन’ लाई प्रदान गर्ने निर्णय गुठीले गरेको छ ।
गुठीको बैठकले समसामयिक विषय र विसंगतिहरुलाई कार्टुन चित्रमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाजमा सचेतना जगाउँदै निरन्तर भाषाको सेवा गरिरहेको भन्दै वात्सायनलाई जगदम्बा श्री प्रदान गर्ने निर्णय गरेको हो । यी दुवै पुरस्कारको राशी २÷२ लाख रहेको छ ।