Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

काँक्रेविहारले भित्र्यायो एयर बस

सुर्खेत ।
सुर्खेतमा पहिलो पटक काँक्रेविहार यातायात व्यवसायी संघले ‘एयर सस्पेन्सन’ एयर बसहरु सुर्खेतमा भित्राएको छ । यात्रुहरुको मागलाई मध्यनजर गर्दै संघले भारतको सीना बडी विल्डर्सले तयार पारेका ८३ लाख मूल्य पर्ने सुविधा सम्पन्न बसहरु सुर्खेतमा भित्राएको हो ।


पर्यटकका लागि मात्रै सञ्चालनमा आउने यी बसहरु पहिलो पटक व्यवसायिक प्रायोजनका लागि पनि संचालनमा आएका छन् । शुरुमा पाँच वटा बसहरु सञ्चालनमा ल्याएको काँक्रेविहार यातायात व्यवसायी समितिका सचिव रमेश सापकोटाले पत्रकार सम्मेलनमा बताए । सचिव सापकोटाले भने – अन्य बसहरुको तुलनामा एयर बसमा यात्रा गर्दा नउफ्रिने र लचकदार सिटहरु रहेका छन् । यी बस दैनिक सुर्खेत–काठमाण्डौ र काठमाडौ सुर्खेत रुटमा शुक्रबार भाद्र १६ गते  देखी सञ्चालन हुनेछन् ।

हरेक वर्ष यात्रुहरुका लागि नयाँ–नयाँ सेवा थप्दै आएको समितिले यो वर्ष एयर बस सञ्चालनमा ल्याएको सचिव सापकोटाको भनाई छ । समितिले यसअघि काँक्रेविहार एसी, बुलबुले मेट्रो, डिलक्स जस्ता बसहरु सुर्खेत काठमाडौं रुटमा सञ्चालनरत छन् । एयर सस्पेन्स बससहित समितिमा हाल १६३ वटा बस तथा हाइसहरु छन् ।

यातायात व्यावसायीहरुले केवल पैसाको लागि मात्र नभई सुविधाको लागि काम मगरिरहेको बताउँदै सचिव सापकोटाले भने – हामीले शुरुका दिनहरुमा जस्तो नभई कसरी सर्वसुलभ र स्तरीय सेवा दिन सकिन्छ भन्ने बारेमा पनि चिन्ता गरेका छौ । जसको बलियो उदाहरण भनेकै यो बसको शुरुवाती पनि हो ।

शुरुका दिनहरुमा सामान्य चार वटा बसबाट शुरु गरेको भएपनि पछिल्लो समयमा व्यवसायीहरु, यात्रुहरु र समितिको कार्य सम्पादनको कारणले गर्दा यो समितिले निकै द्रुत गतिमा फड्को मारेको छ ।